News Portal

  • चाँगुनारायणको ताथलीस्थित सामुदायिक बनमा मानव कंकाल फेला

    चाँगुनारायण, ७ मङ्सिर २०७८
    १२६४ पटक
    चाँगुनारायण, ७ मङ्सिर २०७८

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली स्थित ठुलोपाखा सामुदायिक बनमा एक मानव कंकाल फेला परेको छ । मंगलवार बिहान करिब पौने ११ बजे उक्त कंकाल फेला पारेको प्रहरीले जानेको छ ।

    महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सुर्य बहादुर शाही लगायत बिशेषज्ञ डाक्टरसहितको टोली घटनास्थल पुगी अनुसन्धान अघि बढाएको बताइएको छ ।कंकाल पोष्टमार्टमको लागि के.एम.सि. अस्पताल दुवाकोट भक्तपुर पठाई घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाइ छ ।

    कंकाल संगै रुखको फेदमा H.P. Invent लेखेको कालो रंगको झोला फेला परेको, उक्त झोला भित्र चेक रंगको एउटा सर्ट, प्लाष्टिकमा प्याक गरी राखेको अवस्थामा रुद्धाक्ष, १ जोर अंदाजी ४० नम्बरको खरानी रंगको गोल्ड स्टार जुत्ता, Supreme लेखेको सेतो टिर्सट, Gold Original लेखेको कालो ज्याकेट र खैरो रंगको पाईन्ट रहेको, पाईन्टको दाहिने गोजीमा लाईटर फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए ।

    उनले उक्त कपडा लगाएको मानिस हराएको भएमा प्रहरी सम्पर्कमा आई अनुसन्धानमा सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

    डिएसपी गिरीले निम्न मोबाइल नम्बरमा सम्पर्क गरी प्रहरी अनुसन्धानमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।
    – महानगरीय प्रहरी परिसर, भक्तपुर (संचार शाखा) – ९८५१२९३१५०, ९८५१२९०९७६
    – महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी राम बहादुर के.सी. ९८५१२८८६३३
    – महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर (डिउटि अधिकृत) – ९८५१२८३०२८

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...