अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार ललितपुरको बालकुमारीमा सम्पन्न भेलाबाट बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
बनेपाली भक्तपुरका लेखक,पत्रकार, साहित्यकार, शिक्षक एवम् प्राज्ञिक ब्यक्तित्व भएका बुद्धिजीवी हुन् । उनको नेतृत्वमा २९ सदस्यीय सिङ्गो कार्यसमिति निर्विरोध निर्वाचित भएको बताइएको छ । कार्यसमितिमा भक्तपुरका श्रीराम सुवाल र अञ्जली सैजुसमेत सदस्य निर्वाचित भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा क्रमशः रचना माेक्तान, हेमन प्रधान, चन्द्रमणि महतो रहेका छन् । त्यसैगरी राजेन्द्र फुयाल सचिव भएका छन् भने राजेन्द्रकुमार महर्जन र मानुषी मनु सहसचिव निर्वाचित भएका छन् । काेषाध्यक्षको जिम्मेवारी भने अविनाश भण्डारीले प्राप्त गरेका बताइएको छ । सदस्यहरुमा बुङातुङ राई, केदारनाथ भट्ट,अर्पणा उत्कर्ष,रामजी त्रिपाठी, रमेश खतिवडा, अशाेक दुलाल,नवीन रसाइली, दिनेश सङ्ग्राैला लगायत रहेका नवनिर्वाचित अध्यक्ष बनेपालीले बताए ।
नवनिर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्रका बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, जनसास्कृतिक महासङ्घ नेपालका संयोजक सरल सहयात्री, अखिल नेपाल लेखक संघका संयोजक केशव सिलवाल लगायतले बधाई ज्ञापन गर्नुका साथै जनताको पक्षमा लेखिरहन प्रेरित गरेका थिए ।
बनेपालीको नेतृत्वमा बन्यो बागमती प्रदेश स्तरीय लेखक संघ
अञ्जली सैँजु / भक्तपुरपोस्ट भक्तपुर, २० मंसिर २०७८
भक्तपुर, २० मंसिर २०७८वातावरण विद खनाललाई पितृशोक
बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...
सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...
चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति
नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ
नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...
समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड
- ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई