News Portal

  • बालकोट हत्या अनुसन्धानमा चित्त नबुझे युवा संघले देशब्यापी आन्दोलन चर्काउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ कात्तिक २०७८
    १४६४ पटक
    भक्तपुर, २४ कात्तिक २०७८

    नेकपा(एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले गत मंगलवार राति बालकोटमा भएको राजन श्रेष्ठको हत्यासम्बन्धी अनुसन्धान प्रभावकारी नभएको आरोप लगाएको छ । प्रहरीले चित्तबुझ्दो अनुसन्धान नगरेको संघले आरोप लगाएको हो ।

    बिहीवार मध्यपुर थिमिमा आयोजित दबाब तथा पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स र क्रुर तबरले गरिएको हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजेको भन्दै देशभरबाट आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । घटनामा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेर घटनालाई औपचारिकता प्रदान गरी प्रहरी पन्छिन नहुनेमा जोड दिदै उनले उक्त चेतावनी दिएका हुन् ।

    प्रभावकारी अनुसन्धान गरी तथ्यसम्म पुगेर सत्य तथ्य बाहिर ल्याउन माग गर्दै अध्यक्ष पौडेलेले भने , ”चित्त बुझ्दो अनुसन्धान नभए देशभरबाट आन्दोलन चर्काउछौ ।” उनले घटनास्थल भन्दा केही परको घर कम्पाउण्ड र फलामको रेलिङबारमा देखिएको रगतका बारेमा प्रश्न उठाउँदैं घटनामा संलग्न हत्याराहरु अनुसन्धानको दायरामा नआएका आशंका व्यक्त गरेका छन् ।

    कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरले प्रेस बक्तब्य मार्फत हत्याको घोर निन्दा र बत्सरना गरेको छ । अध्यक्ष पुष्पराज बस्नेत द्वारा प्रेषित बक्तब्यमा राजधानीको मुटुमै घताइएको यस घटनाले शान्ति सुव्यवस्था र बाच्न पाउने नागरिक हक प्रति राज्यको निरीहता र उदासिनता उदाङ्ग्गिएको आरोप लगाइएको छ ।

    पत्रकार सम्मेलनमा प्रेषित प्रेस बक्तब्यमा तत्काल दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । अन्यथा संघ जस्तोसुकै कदम उठाउन बाध्य हुने बताइएको छ ।

    उक्त अवसरमा मृतक श्रेष्ठका आफन्त भाइकृष्ण श्रेष्ठले प्रहरीले आफन्तलाई चित्त बुझ्दो अनुसन्धान बिना नै अपराधी सार्वजनिक गरी अनुसन्धानलाई सतही रुपले सम्पन्न गर्न खोजेकोमा आपत्ती प्रकट गरे । त्यसैगरी जिसस उपप्रमुख सरिता कुवर र सूर्यविनायक नगर प्रमुख जुना बस्नेत लगायत उपस्थितहरुले मृतक श्रेष्ठप्रति श्रद्धान्जली अर्पण गरेका थिए । पत्रकार सम्मेलनपछि संघले हत्यारालाई कारवाहीको माग गर्दै मध्यपुर थिमि शंखधरचोकस्थित छ लेन सडक अवरुद्ध गरी केहिबेर प्रदर्शन समेत गरेको थियो ।

    गत मंगलवार राति बालकोटमा मारिएका ३३ वर्षीय युवक राजन श्रेष्ठ (आरपी) युवा संघका जिल्ला सदस्य रहेकाले संघले केन्द्रीय अध्यक्षकै उपस्थितिमा पत्रकार सम्मेलन गरी दबाब सृजना गरेको हो । यद्यपी, अध्यक्ष किरण पौडेलले मृतक आफ्नो कार्यकर्ता भएकै आधारमा मात्र नभई आम युवाको सुरक्षा चिन्ताले आफूहरु चिन्तित बनेको बताए ।

    महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी प्रमुख रहेका डिएसपी नरहरी रेग्मीको नेतृत्वमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले मृतक श्रेष्ठकै मिल्ने साथी बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घरभई बालकोट बस्ने ३० वर्षीय प्रेम बिश्वकर्मालाई हत्या अभियोगमा पक्राउ गरेको छ । दुवैले अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...