News Portal

  • जनयुद्धका बैज्ञानिक श्रेष्ठ विज्ञान तथा प्रविधि बिभागमा मनोनित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ मंसिर २०७८
    २२४८ पटक
    भक्तपुर, २४ मंसिर २०७८

    नेकपा(माओवादी केन्द्र) भक्तपुरका सह इन्चार्ज समेत रहेका नेता देवेन्द्र श्रेष्ठ दिवाकर पार्टीको केन्द्रीय विज्ञान तथा प्रविधि विभागमा सदस्य मनोनित भएका छन् । उनले शुक्रबार पार्टी मुख्यालय पेरिस डाँडा पुगी उक्त पदको शपथ ग्रहण समेत गरेका छन् ।

    दिवाकर जनयुद्धका बैज्ञानिकको रुपमा परिचित व्यक्तित्व समेत हुन् । आविष्कारमा अभिरुची राख्ने उनी पछिल्लो समय अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्यमा व्यस्त बनेका छन् भने नेपाली विद्यार्थीलाई रकेट बनाउन सहयोग गरी चर्चामा आएका छन् ।

    यसअघि उनलाई बागमती प्रदेशको सुशासन समितिको संयोजकको जिम्मेवारी प्राप्त भएको थियो । पार्टी खुला राजनीतिमा आएपछि नेवा: राष्ट्रिय मुक्ति मोर्चाका महत्वपूर्ण जिम्मेवारीमा रहेर उनले काम गरेका छन् । हाल उनी मोर्चाको महासचिव समेत हुन् । समाजसेवामा पुर्याएको योगदानका लागि रास्ट्रपति विद्यादेवी भण्डारीबाट उनले मानपदवी समेत प्राप्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...