News Portal

  • भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २४ मंसिर २०७८
    १३८५ पटक
    भक्तपुर, २४ मंसिर २०७८

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता -२०७८ सम्पन्न भएको छ । पुरस्कार वितरणसहित प्रतियोगिता शुक्रबार  सहिदस्मृति खेलमैदानमा सम्पन्न भएको हो ।

    नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सासद प्रेम सुवालको प्रमुख आतिथ्यमा सम्पन्न ‘पुरस्कार वितरण तथा समापन कार्यक्रम’ मा १४ वटा विभिन्न खेलकुदका विजयी खेलाडी तथा विद्यालयहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र र खेलकुद सामाग्रीले वितरण गरिएको थियो ।

    समापन कार्यक्रममा सांसद सुवालले खेलकुद मित्रता, स्वास्थ्य र अनुशासनको निम्ति खेल्नुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नगरपालिकाले आयोजना गर्दै आएको विद्यालयस्तरीय र नगरव्यापी खेलकुद प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताएका छन्  ।

    देशको सार्वभौमिकता थिचोमिचो गर्ने एमसीसी सम्झौता कुनै पनि हालतमा नेपालको संसदबाट पारित हुन नदिन देशभक्त जनता यसविरुद्ध एकताबद्ध हुुनुपर्ने बताउदै सांसद सुवालले खेलकुद देशको सार्वभौमिकता रक्षाको निम्ति आवश्यक भएको जिकिर गरे ।

    उक्त अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद प्रतियोगिताले भक्तपुर नगरपालिका खेलकुदमय भएको बताउदै यसलाई निरंतरता दिने प्रतिवद्धता प्रकट गरे ।

    बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले खेल जगतमा शताब्दी सुहाउँदो खेलाडी तयार गर्न भक्तपुर नगरपालिकाले गरिरहेको प्रयास सराहनीय भएको प्रतिक्रिया दिएकी छन् ।

    त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले व्यक्तिको सामाजिक विकासमा खेलकुदको महत्वमाथि प्रकाश पार्दै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको विकासमा गरेको कामबारे जानकारी गराए ।

    कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, वडा नं. ७ का वडाध्यक्ष एवम् खेलकुद समितिका सदस्य उकेश कवां, भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले पनि खेलकुदबारे चर्चा गरेका थिए ।

    कार्यक्रममा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि तथा अतिथिहरुले मेडल, सहभागी विद्यालयहरुलाई खेलकुद सामाग्री र प्रथम, द्वितीय र तृतीयलाई सिल्ड हस्तान्तरण गरे ।

    नगरव्यापी विद्यालयस्तरीय प्रतियोगितामा (टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वाण्डो, जिम्नाष्टिक, पोर्टबल, कसिमला पाँय) गरी १४ वटा खेलका लागि विद्यालयहरुबीच प्रतिस्पर्धा भएको थियो भने उक्त प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा २०७८ मंसिर २० गते सहिदस्मृति खेलमैदानमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...