News Portal

  • त्रिवि समन्वय महाशाखा प्रमुखमा तिवारी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २६ मंसिर २०७८
    ९७१ पटक
    भक्तपुर, २६ मंसिर २०७८

    देशकै जेठो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको समन्वय महाशाखाको प्रमुखका रुपमा त्रिभुवन विश्वविद्यालयले प्राविधिक उपनियन्त्रक (कम्प्युटर) उपसचिव, दीपक तिवारीलाई जिम्मेवारी दिएको छ ।

    पर्वत पैञ्यु गाउँपालिका वडा नं ६ का स्थायी बासिन्दा दिपक तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुख भइ कामगर्न विश्वविद्यालयले २०७८ मंसिर २३ देखि लागु हुने गरी जिम्मेवारी दिइएको हो ।

    त्रिभुवन विश्वविद्यालयको बेथिति, विसंगति विरुद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठन त्रि.वि स्थापना गरी पेशागत हकहित र सेवा सुविधामा निरन्तर आवाज बुलन्द गर्दै आइरहेका तिवारी नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समिति (सबै विश्वविद्यालयका कर्मचारीहरुको छाता संगठन) को समेत संस्थापक अध्यक्ष भएर पेशागत आन्दोलनको उठान समेत गर्दै आएका छन् ।

    तिवारी पछिल्लो समयमा कर्मचारी महासंघको सचिवालय सदस्य र विश्वविद्यालयका कर्मचारीहरुको एकता अभियानका संयोजक र त्रिवि कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन त्रि.वि कर्मचारी संघको वरिष्ठ उपाध्यक्ष समेत भई नेतृत्वदायी भूमिका समेत निर्वाह गरेका हुन भने सेवामा विश्वविद्यालयले पहिलोपटक बि.बि.ए कार्यक्रमको प्रशासनिक जिम्मेवारी कुशलताका साथ सम्पन्न गरी त्रि.वि शिक्षण अस्पतालको योजना तथा निर्माण शाखा प्रमुखको जिम्मेवारी समेत पूरा गरेका छन् ।

    त्रि.वि शिक्षण अस्पतालमा कार्यरत रहँदा जनसेवामा सक्रिय र अस्पताल सुधारमा क्रियाशील तिवारीको त्यहाँबाट सरुवा पश्चात २०७७ पुष १६ गते रमाना लिएर त्रि.वि केन्द्रीय किर्तिपुरमा हाजिर हुन पुगेका थिए । तत्पश्चात त्रि.वि सामान्य प्रशासन महाशाखा किर्तिपुर अन्तर्गत भौतिक सम्पत्ति व्यवस्थापन शाखाको जिम्मेवारी सम्हाल्दै उक्त शाखाको प्रमुख भएर काम गरेका तिवारीलाई समन्वय महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।
    पदस्थापना कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय महासमितिका महासचिव लोकेन्द्र आर सी , उपमहासचिव प्रकाश सापकोटा, नेराकसं त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं विभिन्न पेशागत संगठनका पदाधिकारीहरुले प्रमुख तिवारीलाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...