News Portal

  • अर्थ–राजनीति विज्ञ एवं भक्तपुरका युवा नेता डिपी ढकालको ‘समाजवाद र नेपाल’ सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ मंसिर २०७८
    ८४३ पटक
    dpभक्तपुर, २९ मंसिर २०७८

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भक्तपुर जिल्ला समन्वय समितिका संयोजक समेत रहेका समाजवादी चिन्तक एवं अर्थ–राजनीति विज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ । लेखक ढकालको यो छैठौं पुस्तक हो ।

    समाजवादी राष्ट्रहरुले अंगालेका अर्थनीति र उनीहरुको अर्थव्यवस्थाबारे व्याख्या गरिएको पुस्तकमा नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने आधारहरु समेत प्रस्तुत गरिएको छ । समाजवादको विषयमा केन्द्रीत पुस्तकले समाजवाद र नेपालको अवस्था बुझ्न सजिलो हुने बिश्लेषकहरुले बताएका छन् । प्रस्तुत पुस्तकले समाजवादी अध्ययनमा एउटा इट्टा थपेको विश्लेषक रोहित दाहालले बताए ।

    पुस्तकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकार र तीनले चलाएका सत्तालाई अर्थराजनीतिक कोणबाट विश्लेषण गरिएको छ । ढकालले यसमा कम्युनिष्ट देशका सरकारले कसरी आर्थिक ब्यबस्थापन गरेका थिए भन्ने बारेमा तत्कालीन सोभियत संघ , चीन, क्युवा, उत्तर कोरिया तथा भियतनामको प्रयोग विश्लेषणात्मक रुपले प्रस्तुत गरेका छन् । ढकालले पुस्तकमा वामपन्थी पार्टीले चुनाव जितेर सरकारका गएका ल्याटिन अमेरिकी देशहरु भेनेजुयला, निकारागुवा, ब्राजिल र बोलिभियामा प्रयोग गरिएको वामपन्थी अर्थनीतिबारे समेत चर्चा गरेका छन ।

    अर्थराजनीति बुझ्न खोज्नेका लागि आफ्नो पुस्तक सहयोगी सावित हुने लेखक ढकालले बताएका छन् । समाजवादी आर्थिक बाटो समेत सुझाइएको पुस्तकले राज्य संरचनालाई थप मजबुद र समाजवादी बनाउन मद्दत पुग्ने उनले बिश्वास व्यक्त गरे ।

    लेखक ढकाल माओवादीले चलाएको तत्कालिन १० वर्षे जनयुद्धमा प्रत्यक्ष सहभागी भएका योद्धा हुन् । राजनीतिबाट अध्ययन अलग हुँदै गएको परिवेशमा उनले आधा दर्जन पुस्तक मार्फत आफूलाई मात्र नभई कम्युनिष्ट आन्दोलनलाई नै उर्जाशील बनाउन योगदान गरेका छन । उनी बैचारिक र बौद्धिक क्षमताका कारण राजनीतिमा परिचित र पाठकहरु माझ लोकप्रिय छन् । राजनीतिक व्यस्तताका बाबजुद उनले छोटो समयमा पस्केका पुस्तकहरु बजारमा रुचाइने र खोजिने पुस्तकहरु मध्येमा पर्दछन् ।

    अघिल्लो वर्ष ढकालकाे ‘पूजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ पुस्तक प्रकाशन भएको थियो । दुवै पुस्तक बागबजारस्थित जागरण बुक हाउसले प्रकाशन गरेको हो । अघिल्लो पुस्तकको मूल्य छ सय रुपैयाँ रहेको थियो भने नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ को मूल्य ४९५ रहेको छ । पुस्तक बजारमा सर्वत्र उपलब्ध गराइएको जागरण बुक्सका गणेश चितौरेले बताए । बजारमा पुस्तक नपाइए मोबाइल नम्बर ९८४३९३८६६४ मा सम्पर्क गरी पुस्तक प्राप्त गर्न सकिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...