News Portal

  • नागरिकलाई मतदान गर्न पाउने मौलिक हकबाट बन्चित नगर्न भक्तपुर वाइसिएलको माग

    भक्तपुरपोस्ट/संवाददाताभक्तपुर, १ पुस २०७८
    ८६४ पटक
    भक्तपुर, १ पुस २०७८

    नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपाल भक्तपुरले मतदानमा सबैलाई सहभागिताको सुनुश्चितताका लागि ध्यानाकर्षण गराएको छ । बिहीवार जिल्लास्थित निर्वाचन कार्यालय मार्फत प्रमुख आयुक्तलाई पत्रचार गर्दै सो ध्यानाकर्षण गराइएको हो ।

    वाइसिएल भक्तपुरका इन्चार्ज दिनेश थपलिया आक्रोश र संयोजक नरेश रंजितको नेतृत्वमा रहेको टोली भक्तपुर स्थित कार्यालय पुगी ध्यानाकर्षण पत्र पेश गरेको छ । निर्वाचन आयोगले अनिवार्य बसाईसराई खोजेको र यो व्यवहारिक नभएको वाइसिएलले ठहर गरेको छ । निर्वाचनको लागि मतदाता नामावली संकलन गर्ने कार्य भइरहेको र बसाईसराईको प्रमाणपत्रलाई अनिवार्य प्रावधान वनाइएको हुँदा उक्त कार्यले निर्वाचन प्रक्रियामा सामेल हुन पाउने मौलिक हक हनन हुन पुगेको र मतदानबाट बन्चित गर्न खोजिएको पत्रमा बताइएको छ । अघिल्ला निर्वाचनमा खानेपानी, बिजुली लगायतका बील तिर्नेगरी बसोबास गरेका व्यक्ति र घर, जग्गा भएका वा अस्थायी टहरा हाली बासोबास गरेकालाई समेत मतदानको अवसर प्रदान गरेकोमा यसपटक त्यस्ता व्यक्तिलाई निशेध गरिएको आरोप लगाइएको छ ।

    मतदाता परिचय संकलन प्रक्रियालाई सहज बनाउनुको साटो जटिल बनाउदा नेपालको संविधान २०७२ को धारा १८ र ४२ उल्लङ्घन भएको पत्रमा भनिएको छ । त्यतिमात्र होइन, नागरिकलाई सहज रुपले मतदान गर्ने अवसर प्रदान नगर्नु भनेको निर्वाचन आयोग ऐन २०७३, मुलुकी देवानी संहिता २०७४ को नागरिक हक सम्बन्धी व्यवस्थाको प्रतिकुल भएको वाइसिएलको भनाइ छ ।

    जुनसुकै ठाउँमा बसोबास गरेको भएपनि उमेर पुगेको नागरिकले मतदाता नामावलीमा संकलित हुन पाउने र मतदान गर्न पाउने वाइसिएलले जिकिर गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...