News Portal

  • माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा पूर्व कमाण्डर सहयात्री निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७८
    ९८९ पटक
    भक्तपुर, ६ पुस २०७८

    नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा सिन्धुपाल्चोकका नेता सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनी माओवादीद्वारा संचालित तत्कालीन जनयुद्धमा मध्यम तहका कमाण्डर समेत हुन् । जन सास्कृतिक महासंघका संयोजक समेत रहेका  सहयात्री पार्टीको पहिलो बागमती प्रदेश अध्यक्ष बन्न सफल भएका छन् ।

    सोमबार सम्पन्न निर्वाचनबाट उनी प्रदेश अध्यक्षमा निर्वाचित भएका भक्तपुर संयोजक एवं बागमती प्रदेश सदस्य डिपी ढकालले पुष्टि गरे । ढकालले दिएको जानकारी अनुसार प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि निर्वाचनबाट नेतृत्व चयन भएको हो । यसअघि प्रदेश अधिवेशनले  नेतृत्व पछि टुंगो लगाउने गरी २७५ सदस्यीय बागमती प्रदेश समिति निर्विरोध निर्वाचित गरेको थियो ।                                                          काठमाडौको बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा सोमबार भएको निर्वाचनमा प्रदेश अध्यक्षका  लागि सिन्धुपाल्चोकका नेता सहयात्री र काभ्रेका नेता दिनानाथ गौतमको उम्मेदवारी परेको थियो । सहयात्रीले ८६ का बिरुद्ध १६२ मत प्राप्त गरी प्रथम अध्यक्ष बन्न सफल भएका निर्वाचन समितिले जनाएको छ ।

    उपाध्यक्षमा  रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना बिजयी बनेका छन् भने सचिवमा इन्द्रबहादुर थिङ बिजयी बनेका बताइएको छ  ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...