News Portal

  • भक्तपुर कप फुटबल प्रतियोगिता शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ पुस २०७८
    ९५४ पटक
    भक्तपुर, ७ पुस २०७८

    भक्तपुरमा विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिता शुरु भएको छ । भनपा ७ स्थित महेश्वरी खेल मैदानमा दोश्रो अन्तर विद्यालयस्तरीय फुटवल प्रतियोगिता शुरु भएको हो ।

    बुधवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यसंगै खेलकुदलाई पनि प्राथमिकतापूर्वक अगाडी बढाइरहेको प्रष्ट पारे ।

    आफूहरु निर्वाचित भएपछि प्रत्येक वर्ष एक वटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता सञ्चालन गरेको तथा प्रत्येक वर्ष नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगता सञ्चालन गरेको बताउदै उनले यो वर्ष नगरभित्रका ९२ वटामध्ये ७१ वटा विद्यालयहरुका १८ सय भन्दा विद्यार्थीहरु खेलकुद प्रतियोगितामा सहभागि भएका जानकारी गराए ।

    खेलकुदले शारारीक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त राख्ने भन्दै नगर प्रमुख प्रजापतिले नगरका प्रत्येक वडा र ख्वप कलेज तथा ख्वप इम्जिनियरिङ्ग कलेजमा गरी २२ स्थानमा व्यायामशालाको व्यवस्था गरेको समेत बताए ।

    भक्तपुर नगरपालिकाले शिक्षामा गरेको लगानीका कारण शिक्षाको क्षेत्रमा नगरपालिका देशकै उत्कृष्ट रहेको उनको भनाइ छ । नगरपालिकाले संचालन गरेका ७ वटै शैक्षिक संस्था देशैभरका विद्यार्थीको रोजाई बन्न सकेकोमा सन्तोष व्यक्त गर्दै उनले अन्य नगरपालिकाले समेत भक्तपुरबाट सिक्न खोजिरहेका खुलासा गरे ।

    भनपाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ्गका छात्र रमण श्रेष्ठले देशभरीकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको तथा बागीश्वरी कलेजकी छात्रा बबिता ग्वाछाले बीबीएस तर्फ देशभरीमै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्रति गर्व गर्दै प्रमुख प्रजापतिले अब शिक्षा संगै नगरपालिकाले खेलकुदलाई पनि उत्कृष्टता प्रदान गर्ने प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले माहेश्वरी खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको स्टेडियम निर्माण गर्न नगरपालिकाले काम गरिरहेको तर सरकारले आवश्यक सहयोग नगरेको आरोप लगाए । सीमित साधन श्रोतका कारण अपेक्षीत काम हुन नसकेको भएपनि भक्तपुर नगरपालिकाले खेलकुदको क्षेत्रमा प्रभावकारी कामहरु गरिरहेको उनले दावी गरे ।

    भक्तपुर फुटबल क्लब ११ का अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शिवजी श्रेष्ठ, सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्याम सुन्दर धौभडेल लगायतले प्रतियोगिताको महत्व माथि प्रकाश पार्दै खेलकुदको माध्यमबाट विद्यार्थीहरुमा सामुहिक भावना,आपसी मेलमिलाप र भाइचाराको बिकास हुने विस्वास व्यक्त गरे । उक्त अवसरमा पूर्व फूटबलर साजन प्रजापति, सुनिल प्रजापति त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक लगायतको सहभागिता रहेको थियो ।

    भक्तपुर फुटबल क्लब ११ र स्प्रिङडेल स्कूलको संयुक्त आयोजना र सिद्धि स्मृति प्रतिष्ठानको सह–आयोजनामा संचालित दोस्रो अन्तर विद्यालय फुटबल प्रतियोगितामा आठ वटा विद्यालयहरुको सहभागिता रहेको आयोजक समितिका सल्लाहकार एवं पूर्व खेलाडी साजन प्रजापतिले जनाएका छन् । विद्यार्थीलाई फुटबल प्रति आकर्षण बढाउन र रास्ट्रिय खेलाडी उत्पादन गर्न यस्ता खाले प्रतियोगिताले सहयोग पुग्ने उनको भनाइ छ ।

    बुधवार आयोजक स्प्रिङडेल बोर्डिङ्ग स्कूल लिवाली र सिद्धिदास मावि भक्तपुरवीच खेल भएको थियो । उक्त प्रतियोगितामा सिद्धिदासले जीत हासिल गरेको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...