News Portal

  • मदरल्याण्डले उचाल्यो भक्तपुर कपको उपाधी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ पुस २०७८
    ८४२ पटक
    भक्तपुर, १३ पुस २०७८

    भक्तपुरमा सम्पन्न  दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिताको उपाधि मदरल्याण्ड बोर्डिङ स्कूलले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा स्प्रिङडेल बोर्डिङ स्कूललाई हराउदै मदरल्याण्डले उपाधी हात पारेको हो ।

    भक्तपुर एफसी ११ र स्प्रिङडेल बोर्डिङ्ग स्कूल, लिवाली भक्तपुरको संयुक्त आयोजना तथा सिद्धि स्मृति प्रतिष्ठान भक्तपुरको सहयोगमा आयोजित दोश्रो अन्तर विद्यालयस्तरीय प्रतियोगितामा स्प्रिङडेल र मदरल्याण्डबीच फाइनल खेल भएको थियो । भनपा ७ स्थित महेश्वरी खेल मैदानमा भएको प्रतियोगितामा मदरल्याण्ड शून्यका विरुद्ध एक गोल गर्दै विजयी बनेको हो। पहिलो हाफको अन्त्यतिर मदरल्याण्डका सुदिल थुयाजुले प्रहार गरेको कर्नर किक गोलमा परिणत भएपछि सोही गोल निर्णायक हुनपुग्दा स्प्रिङडेलको उपाधी चुम्ने लक्ष पुरा हुन सकेन । दोश्रो हाफमा  स्प्रिङडेलले राम्रो खेल प्रदर्शन गरेपनि गोल फर्काउन नसक्दा मदरल्याण्ड उपाधी च्याम्पियन बन्न सफल भएको हो ।

    प्रतियोगितामा मदरल्याण्डका सुदिल थुयाजूले उत्कृष्ट खेलाडीको, सुनिल लामाले उत्कृष्ट किपरको र अतित तामाङले उत्कृष्ट रक्षकको उपाधि हासिल गरे भने प्रतियोगितामा स्प्रिङडेल स्कुलका आजाद प्रजापति म्यान अफ दी म्याच घोषित भएका छन् ।

    विजयी भएसँगै मदरल्याण्डले नगद दशहजारसहित कप, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । त्यसैगरी  उप विजेता बन्दै स्प्रिङडेलले पाँच हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा बिजेता र उपबिजेता  हुन सफल टिमलाई बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले नगद पुरस्कार, कप तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    surendraraj gosai

    उक्त अवसरमा सांसद गोसाइँले फुटबल खेलबाट विद्यार्थी वर्गले सामुहिक भावना र मित्रताको पाठ सिक्नुपर्ने आवश्यकता औल्याए । खेलमा मित्रता पहिलो र प्रतिस्पर्धा दोश्रो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ । सांसद गोसाइँले यस्ता प्रतियोगिताले खेलाडीलाई हौसला प्राप्त हुने भन्दै भोलिका दिनमा सफल खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरु भैरहनुपर्ने प्रष्ट पारे ।

    खेलकुदलाई विद्यालय जीवनमा अनिवार्य बनाइनु पर्ने बताउदै उनले खेलकुद पाठ्यक्रम भित्रै समावेश हुनुपर्नेमा जोड दिए । खेलकुद र पढाई एउटा मानिसका दुईटा खुट्टा जस्तै भएको भन्दै उनले कुनै एकलाई मात्र प्राथमिकता दिएर अघि बढ्न नसकिने जिकिर गरे । शारीरिक मानसिक तन्दुरुस्ती र मजबुद आत्मबलका लागि खेलकुद आवश्यक रहेको बिचार ब्यक्त गर्दै उनले खेलकुद जीवनको अभिन्न अंग बन्दै गएको र भक्तपुरले यसलाई बेलैमा बुझ्नु जरुरी भएको बताए ।

    त्यसैगरी वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले हरेक वर्ष नगरस्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता गरिरहेको स्मरण गर्दै नगरपालिकाले शिक्षासंगै  खेलकुदलाई समेत अघि बढाइरहेको बताए ।

    भक्तपुर फुटबल क्लब ११ का सस्थापक अध्यक्ष शिवजी श्रेष्ठले नयाँ पुस्ताले फुटबल मार्फत भक्तपुरको मात्र नभइ देशकै नाम चम्काएको हेर्ने धोको रहेको बतादै त्यसका लागि क्लबले भक्तपुरमा फुटबलको विकासका लागि आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे ।

    आयोजक भक्तपुर एफसी ११ का अध्यक्ष राम प्रजापतिले भक्तपुरमा फुटबल खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । विद्यार्थीलाई राम्रो फुटबलर बनाउन सके भविष्यमा भक्तपुरबाट राम्रा फुटबल खेलाडी उत्पादन हुनसक्ने उनले विश्वास ब्यक्त गरे ।

    समापन समारोहका सभापति समेत रहेका आयोजक क्लबका संरक्षक एवं फुटबल पूर्व खेलाडी साजन प्रजापतिले फुटबल सबै खेलको प्रमुख भएको भन्दै फुटबलको बिकास बिना खेलकुदको बिकास सम्भव नहुने जिकिर गरे । राजधानीसंग जोडिएको जिल्ला भए पनि डिभिजन क्लब बनाउन नसकेकोप्रति दुख व्यक्त गर्दै उनले सबैको साथ् र सहयोग भए भक्तपुरमा फुटबल एकेडेमी नै बनाएर फुटबलको विकासमा योगदान गर्न सकिने योजना समेत प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...