News Portal

  • फोनिज भक्तपुरमा शिल्पकारको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ पुस २०७८
    ७८२ पटक
    भक्तपुर, १३ पुस २०७८

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भक्तपुर शाखाले सुन्दर शिल्पकारको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । फोनिजको भक्तपुर शाखाको नेतृत्वमा उनी दोश्रो कार्यकालका लागि दोहोरिएका हुन् ।

    मंगलवार मध्यपुर थिमीस्थित एक पार्टी प्यालेसमा सम्पन्न तेस्रो अधिवेशनबाट सुन्दर शिल्पकारको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । सिंगो कार्यसमिति नै सर्वसम्मत निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष शिल्पकारले जानकारी गराए । उनी नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष समेत हुन् ।

    त्यस्तै फोनिज भक्तपुरको उपाध्यक्षमा रामगोपाल तमखु , सचिवमा विनोद कोजू,कोषाध्यक्षमा रेणु त्वनावासु सहसचिवमा प्रदिप श्रेष्ठ सर्वसम्मत भएका बताइएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा रत्नकाजी प्रजापति, हरिवहादुर श्रेष्ठ, चन्द्रकृष्ण श्रेष्ठ र दिपक श्रेष्ठ चयन भएका छन ।

    अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं फोनिजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गजुरधन राईले फोनिज नेपालका सम्पूर्ण आदिवासी पत्रकारहरुको साझा मंच भएको बताएका छन् । फोनिजले स्थापनाकाल देखिनै थिचोमिचोमा परेका आदिवासी जनजातिका हकहितमा आवाज बुलन्द बनाउँदै आएको बताउँदै बरिष्ठ उपाध्यक्ष राईले बर्तमान अवस्थामा  सस्था पत्रकारको बैकल्पिक शक्तिको रुपमा रहेको बताए ।

    कार्यक्रममा विशिष्ठ अतिथि नेपाल पत्रकार महांसघका जनजाति तर्फका केन्द्रीय सचिव नारायण किलम्वुले आदिवासी जनजाति पत्रकारको हकहितका लागि नेपाल पत्रकार महासंघले काम गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि आफू सधै जनजाति पत्रकारको अधिकारका लागि लड्ने प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रमा बोल्दै फोनिज बाग्मतीका कोषाध्यक्ष पूर्णभक्त दुवालले उपत्यकाका रैथाने जनजातिहरु प्रति राज्यले विभेद गरेको बताए । उपत्यकामा विषेश गरि नेवार समुदायको सस्कृती मास्ने गतिविधि बढेको प्रति चिन्ता व्यक्त गर्दै उनले जनजाति पत्रकारहरुले त्यसका बिरुद्ध आवाज बुलन्द गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...