संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले भने संकटमा पर्दै गएको विचार व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा नेवाः जातिय महासंघले आयोजना गरेको ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले सोकुरा बताएका हुन् । गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, आर्थिक, सामाजिक र राजनीतिक दमन आजको दिनसम्म कुनै न कुनै रुपमा निरन्तर भइरहेको मन्त्री श्रेष्ठको भनाई छ । ‘गएका दिनमा विदेशमा मन्दिर, विहार, मूर्ति आदि बनाउनुपरे नेपालबाट कलाकार बोलाउने गथ्र्यो र त्यस्ता प्राय कलाकारहरु नेवार समुदायबाटै हुने गर्दथ्यो । तर, आज नेपालमा केही बनाउनुपरे भारतबाट कामदार झिकाउनुपर्ने अवस्था आयो’ श्रेष्ठले भने ।
अहिलेको संघीय शासनमा सबै जाती, सबै समुदायले साझा शासन चलाउन सकिने अवस्थामा अवसरको सदुपयोग गर्दै अघि बढ्न श्रेष्ठले सुझाव दिए । ‘अहिले देशमा संघीय शासनमा हरेक जातिको पहिचान स्थापित हुने अवसर छ । विभिन्न स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको रुपमा साझा शासन गर्न सक्ने अवसरलाई सदुपयोग गर्दै अब उत्पीडित समुदाय पनि अगाडी बढ्न सकिने समय छ’ मन्त्री श्रेष्ठले भने ।
त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवसर भएको समयमा एक आपसमा दोषारोपण, विरोध गरेर बस्नुभन्दा अवसरको सदुपयोग गर्नमा लाग्न आग्रह गरे । रानीपोखरी, कमलपोखरी लगायतका सम्पदा पुनर्निर्माणको प्रसङ्ग कोट्याउँदै मेयर शाक्यले कुनै ऐतिहासिक सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा पूर्वाग्रह राखेर विरोध हुने गरेको दावी गरे । ‘कुनै सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा विना कुनै जानकारी, अध्ययन विरोध गरेर रोक्ने गरिन्छ । यसबाट नोकसानी कसलाई हुन्छ ? हामी विरोध गरेर बस्नुभन्दा अहिले काठमाडौंको विकासमा लागौं न’ शाक्यले भने। रत्नपार्कमा गणेशमान सिंहको शालिक राखेकै समूहले शंखधरको शालिक राख्दा विरोध गरेको भन्दै शाक्यले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर समुदायको स्वार्थमा लाग्न आग्रह गरेका थिए ।
त्यसैगरी नेवार आन्दोलनका अगुवा डा. महेशमान श्रेष्ठले कथित विकासको नाममा काठमाडौं उपत्यकामा नेवार समुदायलाई विस्थापित गर्ने काम भइरहेको बताए । मेगा सिटी, स्मार्ट सिटीको नाममा नेवारलाइृ अल्पमतमा पार्ने र हरेक क्षेत्रबाट नेवारलाई विस्थापित गर्न खोजिएको श्रेष्ठको दावी थियो । ‘अब मेगा सिटीको नाममा उपत्यकाको जनसंख्या एक करोड पु¥याइनेछ । एक करोडमा नेवारको संख्या ७ प्रतिशत हुनेछ र अल्पमतलाई बहुमतले शासन गर्न खोजिनेछ’ श्रेष्ठको भनाई थियो । आदिवासी अधिकारबारे सचेत हुन श्रेष्ठले नेवार समुदायलाई आग्रह गरे ।
कार्यक्रममा जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले ‘नेवाःको भविष्य’ विषयमा महासंघको अवधारणा प्रस्तुत गरे । ५ पृष्ठको सो अवधारणा पत्रमा राज्यले नेवाः समुदायको भाषा र संस्कृतिपछि अब भूमि पनि खोस्न खोजेको दावी गरिएको छ । आफ्नो भाषा, संस्कृति र भूमिको संरक्षण गर्दै राजनैतीक रुपमा पनि सचेत भएर नेतृत्व लिन अघि बढ्न अध्यक्ष खड्गीले आग्रह गरे । गोष्ठीबाट समुदायमा विद्यमान समस्याको पहिचान गर्दै आउने दिनहरुमा पनि समुदायबीच छलफल, अन्तरक्रिया गर्दै समस्याको समाधानमा लाग्ने जानकारी खड्गीले दिनुभयो । ‘हामी समस्याको मात्र कुरा गर्दैनौं । यो गोष्ठी शुरुवाती पाइला हो, हामी यसरी नै छलफल गर्दै जानेछौं र आउने दिनहरुमा समस्याको समाधानतिर लाग्नेछौं’ खड्गीले भने ।
महासंघका उपाध्यक्ष न्हुछेँकाजी महर्जनले अवसरको सदुपयोगमा नेवार समुदाय धेरै ठाउँमा चुकेको विचार राखे । लहलहैमा लागेर विरोध गर्ने प्रवृत्ती निकै रहेको भन्दै उपाध्यक्ष महर्जनले अवसरको खोजी पनि गर्न आग्रह गरे । कार्यक्रममा सहभागीहरुले सबै राजनीतिक पार्टीका नेवार नेता, कार्यकर्ताहरुले मोर्चावन्दी नै गर्दै समुदायको विकास र हितमा लाग्नुपर्ने सुझाव राखेका थिए ।
नेतृत्वका लागि अघि बढ्न नेवा: समुदायलाई आग्रह
भक्तपुरपोस्ट संवाददाताकाठमाडौ, १४ पुस २०७८
काठमाडौ, १४ पुस २०७८प्रिय परम्परा नबिर्स- आउँ संगै मनाऔँ जन्मदिनको हर्ष
तिमी जेसुकै गर ! तर, म चाहिँ हतियारले आफ्नै नाम काटेर जन्मदिन मनाउँदिन। घरभित्रै हिउँको...
रहेनन् जातीय तथा भाषिक अधिकार आन्दोलनका अगुवा साहित्यकार शाक्य
नेपाल भाषाका प्रसिद्ध कवि एवं भक्तपुरका पुराना बामपन्थी नेता त्रिरत्न शाक्यको निधन भएको छ ।...
हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम
नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...
जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान
राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...
दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन
भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...
- प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति
- ढुंगानाको अध्यक्षतामा प्रेस सेन्टर भक्तपुरमा १७ सदस्यीय कार्यसमिति
- भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान
- शनिबार भक्तपुरको सूर्यमढीमा नि:शुल्क दन्त शिविर संचालन हुने
- सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त
- भक्तपुरसहित उपत्यकामा एकाबिहानै ठूलो भूकम्प
- जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान
- निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष
- समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्
- जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड