News Portal

  • बागमती प्रदेशका पत्रकारलाई भक्तपुरमा मानव अधिकारबारे तालिम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ पुस २०७८
    ९१० पटक
    भक्तपुर, १८ पुस २०७८

    राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुका लागि ३ दिने तालिम शुरु गरेको छ । भक्तपुरको भक्तपुर गेस्ट हाउसमा आइतवारबाट तालिम शुरु भएको हो ।

    राष्ट्रिय मानव अधिकार आयोगको बागमती प्रदेश कार्यालयले बागमती प्रदेशका पत्रकारलाई मानव अधिकार र पत्रकारिताबारे तालिम दिन शनिवार साँझ नै गेस्ट हाउसमा जम्मा पारेको थियो । आइतवार बिहानै आयोगका अध्यक्ष तप बहादुर मगरले उक्त तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

    तालिमको उद्घाटन गर्दै अध्यक्ष मगरले पत्रकारले मानव अधिकारको रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै मानव अधिकारको रक्षाका लागि थप संवेदनशील भएर पत्रकारिता गर्न प्रेरित गरेका थिए । समाजका विकृति,विसंगति र अपराध न्यूनीकरण हुँदा मानव अधिकारको स्वत: रक्षा हुने हुँदा पत्रकारहरुको समाचार सम्प्रेषण अपराधविरुद्ध र मानव अधिकार रक्षाको पक्षमा हुनुपर्ने उनले प्रष्ट पारे ।

    कार्यक्रममा अध्यक्ष मगरले मानवअधिकारको रक्षाले नै समाजलाई सबल र सुदृढ गर्न सक्नेमा जोड दिंदै मानव अधिकार रक्षाका लागि अग्रभागमा  रहेका पत्रकारहरुको पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको जानकारी गराए ।

    कार्यक्रममा आयोगका कामु सचिव मुरारीप्रसाद खरेलले तालिमले पुनर्ताजगी दिने दावी गर्दै यसले मानव अधिकारलाई केन्द्रमा राखी पत्रकारिता गर्न सघाउने विश्वास व्यक्त गरेका थिए ।

    त्यसैगरी वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले मानव अधिकारलाई मजबुत गराउन पत्रकारहरूले यसबारे ज्ञान लिनुपर्ने आवश्यकता औल्याउदै पत्रकार मानव अधिकारको रक्षक भएकोले जिम्मेवारीबोधसहित समाचार सम्प्रेषण गर्नपर्ने प्रष्ट पारे ।

    उक्त अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले भक्तपुरमा तालिम स्थल बनाएको प्रति आयोगलाई धन्यवाद दिंदै तालिमले पत्रकारहरुलाई थप सिर्जनशिल र क्षमतावान बनाउने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी नेपाल पत्रकार महासंघ काठमाण्डौंका अध्यक्ष सूर्य सुवेदीले पत्रकारले सिक्न लजाउनु नहुने बताउदै सिक्नेसिकाउने प्रक्रियाले नै पेशागत दक्षता प्राप्त हुने बताए ।

    आयोगका कर्मचारी लोकनाथ घिमिरेले संचालन गरेको उद्घाटन कार्यक्रममा आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले तालिमको महत्व र उदेश्य माथि प्रकाश पारेका थिए ।

    उक्त तालिममा बागमती प्रदेशका १३ जिल्लाबाट करिव ३५ पत्रकारहरु सहभागी रहेका अधिकारीले जनाएका छन् । भक्तपुरबाट नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य संजीवप्रसाद दुलालको नेतृत्वमा ४ जना पत्रकार सो तालिममा सहभागी रहेका नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव एवं सूचना अधिकारी संजीप घिमिरे शुभचिन्तकले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...