News Portal

  • केएमसी दुवाकोटमा मन्त्री पौडेलको आकस्मिक अनुगमन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ पुस २०७८
    १४२६ पटक
    devendra paudel at bhaktapurभक्तपुर, २२ पुस २०७८

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेज(केएमसी)को अनुगमन गरेका छन् । बिहीवार उनले भक्तपुरको दुवाकोट स्थित उक्त कलेजको आकस्मिक अनुगमन गरेका हुन् ।

    चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल अनुगमनका लागि पुगेका उनका प्रेस संयोजक बिमल खड्काले बताए ।

    अनुगमनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरिएको र सो भन्दा बढी शुल्क लिन नपाउने स्पष्ट पारे ।

    मन्त्री पौडेलले कलेजका प्रिन्सीपल रतिन्द्रनाथ श्रेष्ठलाई भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।’

    मन्त्री पौडेलले शुल्कका सम्बन्धमा शुक्रवारसम्म रिपोर्ट पेश गर्न निर्देशन समेत दिए । ‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा, विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’ मन्त्री पौडेलले निर्देशन दिँदै भने ”बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित नभए कानुनअनुसार कारबाही हुन्छ ।’

    मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान विद्यार्थीसहित कलेज प्रशासनलाई बार्ताका लागि बोलाइएको पुष्टि गरेकी छन् । ”मन्त्रीज्यूको स्पष्ट निर्देशन छ, बढी शुल्क लिएको पाइए कारवाही हुन्छ ।” प्रजिअ शर्माले प्रष्ट पारिन ।

    काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् ।        KMC duwakot  बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढि शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने सम्मको चेतावनी दिइसकेको छ ।

    केएमसीका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठले भने अतिरिक्त शुल्क नलिएको दावी गर्दै अनावश्यक रुपमा बखेडा खडा गरी विद्यार्थीले आन्दोलन गर्नु अनुपयुक्त भएको जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...