News Portal

  • हटाइयो सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली

    राजेशमान मानन्धर / भक्तपुर पोस्ट भक्तपुर, १५ माघ २०७८
    ११९५ पटक
    bhaktapur cdoभक्तपुर, १५ माघ २०७८

    कोभिड १९ नियन्त्रणका लागि भन्दै आदेश गरिएको यातायातमा जोरबिजोर प्रणाली बिबादित बनेपछि संसोधन गरिएको छ । जोरबिजोर प्रणाली अनुसार सवारी संचालन गर्दा सवारी साधनमा भीड बढेको र यात्रा सकसपूर्ण बनेको गुनासो बढेसंगै सरकारले सो व्यवस्थामा संसोधन गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरेले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाइएको बताइन् । शुक्रवार साँझ सिडिओ रुद्रादेवी शर्माले जारी गरेको आदेशमा सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाइएको उनले जानकारी गराइन् ।

    ”गएराति राति १२ बजेदेखि नै लागू हुनेगरी सार्वजनिक बस,माइक्रो बस र टेम्पोमा लागू जोरबिजोर प्रणाली हटाइएको छ।” उनले भनिन् । सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाइएको भएता पनि निजी सवारी साधन र ट्याक्सीमा भने यो व्यवस्था कायमै गरिएको सिडिओ शर्माद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

    भक्तपुर संगै काठमाडौं र ललितपुरका जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली शुक्रवार मध्यरातदेखि हटाएका छन्।

    शुक्रवार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेसंगै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेशमा सो व्यवस्था गरेको बताइएको छ ।

    संक्रमण जोखिम कम गर्न भन्दै गत शुक्रबारदेखि जारी जोरबिजोर प्रणाली अव्यावहारिक भएको भन्दै व्यापक आलोचना भएको थियो।

    cdo

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...