News Portal

  • प्रेस सेन्टरको भूमिका विर्सन हुँदैन : प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ माघ २०७८
    ९३४ पटक
    भक्तपुर, १५ माघ २०७८

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तनमा सञ्चारक्षेत्र र खासगरी प्रेस सेन्टर नेपालको भूमिकाको प्रशंसा गरेका छन् ।

    पार्टी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसका अवसरमा शुभकामना दिदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपाली समाजको अग्रगामी परिवर्तन र विगतमा भएको प्रतिगमन विरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको बताएका हुन् ।

    उनले देशको आमुल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका विर्सन नहुने बताएका छन् ।

    आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विस्वस्त रहेको उनले बताएका छन् ।

    ‘प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा प्रेस सेन्टर नेपालका संस्थापकहरू, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समन्वय समिति, प्रतिस्ठान, एशोसियट, विदेश शाखाका पदाधिकारी तथा सदस्यहरु, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरू, प्रेस सेन्टरका सम्पूर्ण सदस्य र सम्पूर्ण नेपाली श्रमजीवी पत्रकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली समाजको अग्रगामी परिवर्तन र विगत प्रतिगमन बिरुद्धको आन्दोलनमा प्रेस सेन्टरको भूमिका उल्लेखनीय रहेको छ। आगामी दिनमा पनि समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफुलाई उभ्याउनेछ भन्ने विस्वास लिएको छु ।’उनले भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...