News Portal

  • भक्तपुरका दंगाल सचिवमा बढुवा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ माघ २०७८
    १५०७ पटक
    rameshwar dangalभक्तपुर, १७ माघ २०७८

    भक्तपुरको चाँगुनारायण ८ कलमसीका स्थानीय समेत रहेका सहसचिव रामेश्वर दंगाल निजामती सेवाको विशिष्ठ श्रेणी सचिव पदमा बढुवा भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

    लोक सेवा आयोगले सचिव बढुवाका लागि दंगाल संगै मुकुन्दप्रसाद निरौला र विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरको सिफारिसमा परेका दंगाललाई सरकारले पदोन्नती गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

    दंगाल अर्थ मन्त्रालयका सहसचिव हुन् । सचिवमा पदोन्नती भएसंगै उनलाई प्रदेश नम्बर २ को मुख्य सचिवमा पदस्थापन गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...