News Portal

  • वडा तहसम्म सदस्यता बिस्तार गर्न प्रेस सेन्टरका अध्यक्ष सापकोटाको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० माघ २०७८
    ९४५ पटक
    bishnu sapkota jugalभक्तपुर, २० माघ २०७८

    प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले वडा तहसम्म सदस्यता बिस्तार गर्न निर्देशन दिएका छन् । प्रेस सेन्टरका सदस्य प्रत्येक वडामा हुनुपर्ने भन्दै उनले सो निर्देशन दिएका हुन् ।

    विहीवार उपत्यकाका ३ वटै जिल्लाका अध्यक्षहरु र प्रेस सेन्टरबाट महासंघमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुलाई बबरमहलस्थित केन्द्रीय कार्यालयमा बोलाएर उनले उक्त निर्देशन दिएका प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिकी सचिव एवं नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशकी उपाध्यक्ष रोजिना थापाले बताइन् । उक्त अवसरमा अध्यक्ष सापकोटाले प्रेस सेन्टर प्रदेश र स्थानीय तहमा संगठन बिस्तार गर्ने पहिलो संगठन भएको भन्दै वडा तह सम्म संगठन बिस्तार गरी नमूना बन्नुपर्नेमा जोड दिएका बताइएको छ । प्रेस सेन्टरकै पछिपछि अन्य संगठन आउने दावी गर्दै अध्यक्ष सापकोटाले आफ्नो संगठन पत्रकारहरुको अगुवा संगठन भएको र संघीयतालाई सस्थागत गर्नुपर्ने बढी दायित्व पनि आफूहरुकै भएको जिकिर गरेका छन् ।

    अध्यक्ष सापकोटाले देशमा भएको परिवर्तनको रक्षा गर्नु पनि पत्रकारको कर्तब्य भएको बताएका छन् । जनयुद्ध र जनआन्दोलनको कारण प्राप्त राजनीतिक,सामाजिक लगायतका परिवर्तनको रक्षा गर्नु पत्रकारहरुको कर्तब्य भएको उनले बताएका हुन् । उनले जनताको पक्षमा समाचार सस्प्रेसण गर्न प्रेरित गर्दै जनपक्षीय काम गर्दा व्यवधान आए प्रेस सेन्टरले त्यसको प्रतिवाद गर्ने प्रष्ट पारे ।

    उनले प्रेस सेन्टर नेकपा(माओवादी केन्द्र)को शुभेच्छुक पत्रकारहरुको संगठन भएकोले पार्टीको राजनीतिक बैचारिक लाइनको प्रचार गर्नुपर्ने आवश्यकता औल्याए । मूल कुरा बिचार र राजनीति नै भएको भन्दै उनले जनतालाई सहि सूचना दिन प्रचार सेनाको रुपमा प्रेस सेन्टरका सदस्यहरु रहनुपर्नेमा जोड दिए । उनले पार्टी सिद्धान्तको पक्षधरताको अगाडी नेताहरु गौण हुने भन्दै प्रेस सेन्टर नेताहरुको गुणगान गर्ने संगठन नभई जनता समक्ष पार्टीको सहि बिचार र राजनीति पुर्याउने सम्बाहक भएको समेत बताए ।

    press centre

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...