राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागकाे घाेषणा गरेका छन् । गृह जिल्ला मकवानपुरको हेटाैँडा पुगेर पत्रकार सम्मेलन मार्फत उनले उक्त घोषणा गरेका हुन् ।
एकता महाधिवेशनमा उनलाई राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा पराजित गरेपछि उनी असन्तुष्ट रहदै आएका थिए । उनले पूर्वराजाले राप्रपामा चलखेल गर्दा आफू पराजित भएको आरोप लगाउदै आएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता थापाले नयाँ पार्टी खोल्ने वा के गर्ने भन्नेबारे छलफल गरेर कदम चाल्ने जानकारी गराएका छन् ।