News Portal

  • ख्वप अस्पतालमा अन्तरंग सेवा समेत शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ फागुन २०७८
    १०७६ पटक
    bijukchheभक्तपुर, २ फागुन २०७८

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पतालले अन्तरंग सेवा शुरु गरेको छ । ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट ख्वप अस्पतालले आइतवारबाट अन्तरङ्ग सेवा शुरु गरेको हो ।

    स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालले दैनिक ५ सय बढी बिरामीलाई बहिरंग सेवा प्रदान गर्दै आएको बताउदै अस्पतालका अध्यक्ष एवं नगर प्रमुख सुनिल प्रजापतिले आइतवार बाट अन्तरंग सेवा समेत शुरु गरिएको जानकारी गराए ।

    ख्वप अस्पतालले ५ शैय्याको आइसीयु र २५ शैय्याको एचडीयु सहित आजबाट बिरामी भर्ना गरी उपचार सुरु गरेको उनको भनाइ छ । हाल ख्वप अस्पतालबाट इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री रोग, बाल रोग, दन्त रोग, नाक–कान–घाँटी, छाला लगायतमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । ख्वप अस्पतालले आ.व. २०७७/७८ मा ४० जिल्लाका १ लाख १२ हजार २२ जनालाई स्वास्थ्य उपचार सेवा प्रदान गरिसकेको तथ्यांक छ भने २०७८/७९ को पुस महिनासम्ममा ८३ हजार २सय ३५ जनालाई उपचार सेवा प्रदान गरेको तथ्य प्रमुख प्रजापतिले पेश गरे ।

    आइतवार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत निरीक्षण समेत गरेका छन् ।
    अस्पताल निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले स्थानीय तहहरू आत्मनिर्भर भएर जनताको सेवामा अघि बढ्नु संघीय र स्वायत्तताको सकारात्मक पक्ष भएको बताए ।

    उनले भक्तपुर नपाले जस्तै अन्य स्थानीय तहहरूले समेत सरकारको मुख ताकेर नबसी आफ्नै स्रोतबाट अस्पताल सञ्चालन गरी जनतालाई सेवा प्रदान गर्न सके केन्द्रीय र प्रदेश अस्पतालमा भइरहेको बिरामीको चाप घट्ने बिचार व्यक्त गरे ।

    अध्यक्ष बिजुक्छेँले भने, ‘अस्पतालका चिकित्सक र अन्य जनशक्तिले शिष्ट व्यवहारले बिरामीको छिटो उपचार हुनुको साथै जनताको गुनासो समेत कम हुनेछ ।’

    निरीक्षणमा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवाल र बागमती प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँ, लगायतको सहभागीता रहेको थियो भने उक्त अवसरमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ९ नंं. वडाका वडाध्यक्ष रबिन्द्र ज्याख्व, ७ नं. वडाका वडाध्यक्ष उकेश कवां, ख्वप अस्पतालका डा. अमर प्रजापति, डा. मजेशप्रताप मल्ल, अस्पतालका व्यवस्थापक विश्वजित प्रजापति, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...