भक्तपुर नगरपालिकाको एघारौं नगरसभाले विपद् पीडितलाई राहत निर्देशिका, २०७८ पारित गरेको छ । बिहीवार बसेको बैठकले उक्त निर्देशिका पारित गरेको हो ।
भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीहरु प्राकृतिक तथा मानव सिर्जित विपद्हरुका कारण पीडित भएमा राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याएको नगर प्रमुख सुनिल प्रजापतिले जनाएका छन् ।
निर्देशिकामा विपद् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार बढीमा रु. १ लाखसम्म राहत दिन सकिने व्यवस्था रहेको बताइएको छ ।