News Portal

  • काभ्रे सिडिओको कुचोले रोकियो कर्मचारी एक्सप्रेस

    भक्तपुरपोस्ट संवाददाता काभ्रे, ७ फागुन २०७८
    २२२२ पटक
    humkala pande cdoकाभ्रे, ७ फागुन २०७८

    शुक्रवार काभ्रेको धुलिखेलबाट सरकारी कर्मचारी बोकेर गुड्ने तरखर गर्दै थियो मयुर यातायातको कर्मचारी एक्सप्रेस । कार्यालयको काम सकाएर घर फर्कन आतुर देखिन्थे कर्मचारीहरु । तर, बसको सिटमा बसेर छिटो हिड्न हतारो गरिरहेका कर्मचारी एक्कासी एकएक गरी ओर्लन थाले । उनीहरु ओर्लन थालेपछि चालक अलमलमा परे । बसमा कुनै गडबडी भएर भने उनीहरु ओर्लिएका थिएनन् । उनीहरुलाई बसबाट ओर्लन उत्प्रेरित गरेको थियो काभ्रेकी सिडिओ हुमकला पाण्डेको कुचोले । सिडिओ आफै कुचो लिएर सडक सफा गर्न लागेको देखेपछि बसमा बसिसकेका कर्मचारीहरु ओर्लिए र वरपरको फोहोर टिप्न थाले ।

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोककी सिडिओ हुमकला पाण्डे संगै कर्मचारीहरुले सिडिओ कार्यालय देखि मालपोत कार्यालयसम्मको फोहोर टिपे । उक्त अवसरमा सिडिओ पाण्डेले वरपरको वातारण सफा हुँदा सकारात्मक भावना पैदा हुने र यसले सेवा प्रदायक, सेवाग्राही र स्थानीयलाई समेत राम्रो प्रभाव पार्ने भन्दै सरसफाइलाई महत्व दिनुपर्ने आवश्यकता औल्याइन् ।

    सरसफाइको क्रममा बाटोमा चुरोटका ठुटा र गुट्खाका खोलहरु यत्रतत्र फालिएका पाइएपछि सिडिओ पाण्डेले सार्वजनिक स्थलमा धुम्रपान निषेध गर्न प्रहरीले कडाइ गर्नुपर्ने बताइन । बाटोमा अव्यवस्थित राखिएका निर्माण सामाग्री व्यवस्थित पार्न समेत उनले एसपी चक्रराज जोशीलाई आदेश दिइन । त्यसैगरी उनले प्रत्येक कार्यालयमा उत्पन्न हुने फोहोर व्यवस्थापनमा ध्यान दिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी थिइन् ।

    humakala chakraraj joshi

    उनले स्थानीय होटल र पसलबाट उत्पन्न हुने फोहोर व्यवस्थापनका लागि व्यवसायीहरुले आफ्नो व्यवसाय क्षेत्रभित्रको फोहोर अनिवार्य रुपमा संकलन गर्नुपर्ने र ग्राहकहरुका लागि डस्टबिनको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

    सिडिओ पाण्डेले प्रजातन्त्र दिवसको अवसरमा शुक्रवार आकस्मिक रुपमा सरसफाइ कार्यक्रम राखिएको र पूर्व जानकारी बिना स्वत:स्फूर्तरुपमा कार्यक्रममा सरिक भएको भन्दै कर्मचारीहरुलाई धन्यवाद समेत दिइन् । उनले कम्तिमा हप्ताको एक दिन सफाई कार्यक्रम गर्न प्रत्येक कार्यालयका कर्मचारीहरुलाई आग्रह समेत गरिन् ।

    कर्मचारीहरुले काममा अनेक बहानाबाजी गर्ने र काम नगर्ने भन्ने आम जनताको गुनासो हुनेगरेको भन्दै सिडिओ पाण्डेले कर्मचारीहरुले आफ्नो व्यवहारबाट आफूलाई जनताको सेवक सावित गर्न सक्नुपर्नेमा समेत जोड दिइन् ।

    यसैबीच सिडिओ पाण्डेकै नेतृत्वमा शनिवार समेत सफाई कार्यक्रम सम्पन्न गरिएको सहायक सिडिओ अमरदिप सुनुवारले बताए । प्रजातन्त्र दिवसको अवसर पारेर शनिवार बिहान बनेपास्थित चण्डेश्वरी मन्दिरको सफाई गरिएको हो । सेना,प्रहरी र स्थानीय अगुवाहरुको समेत सक्रियता रहेको मन्दिर सफाई कार्यक्रममा जिल्लास्थित सुरक्षा प्रमुखहरु समेत सहभागी रहेका थिए ।

    humkala pande

    सिडिओ पाण्डेले भने सरसफाई फोटो खिच्ने कार्यक्रम नभएको प्रष्ट पारेकी छन् । सरसफाईबाट वातावरण सफाई संगै सकारात्मक तरंग पैदा हुने भन्दै उनले मनैदेखि सफाई अभियानमा जोडिनु पर्ने प्रष्ट पारिन् । प्रजातन्त्र दिवसको अवसरमा आयोजित चण्डेश्वरी मन्दिर सफाई कार्यक्रमपछि सिडिओ पाण्डेले प्रजातन्त्रमा जनता नै सर्वोपरी हुने भन्दै कसैको दवाव र प्रभावमा नपरी जनतालाई केन्द्रमा राखी सेवा प्रवाह गर्न समेत निर्देशन दिएकी छन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...