प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जनअदालत चलाउने उद्घोष गरेका छन् । सर्वोच्च अदालतको सट्टा जनदालत चलाउने उनले उद्घोष गरेका हुन् । शनिबार जगातीमा सूर्यविनायक नगर अस्पतालको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने” पहिले माओवादीले दुईचार जना राखेर जनअदालत चलाउथ्यो । अब हामी ३ करोड जनता राखेर जनअदालत चलाउछौ ।”सर्बोच्च अदालतले आफ्नो सरकार ढालिदिएको भन्दै आक्रोशित पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकार अगतिलो भएको समेत आरोप लगाए । त्यतिमात्र होइन, उनले वर्तमान गठबन्धनलाई गिद्धको संज्ञा दिदै सत्तोसराप समेत गरे । ” धुरीमा एउटा गिद्ध बस्दा त अशुभ हुन्छ, यहाँ त ५ वटा गिद्ध बसेका छन् ।” उनले भने । अध्यक्ष ओलीले वर्तमान सरकारको आयू बढीमा एक वर्षको भएको भन्दै गठबन्धल लाई पानी मुनी गएपनि नछाड्ने र बच्न नदिने बताए । आगामी सरकार एमालेको सरकार बन्ने उनको दावी छ । कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य एवम सांसद महेश बस्नेतले आफ्ना अध्यक्ष ओली सिंह भएको भन्दै उनी जहाँ हुन्छन् त्यही सिंहदरबार हुने जिकिर गरे । बालकोट बाट ओलीलाई बार्दलीमा पुर्याए भनेर रमाउनेहरु अहिले बाल्कोट धाउनुपर्ने अवस्था आएको भन्दै उनले ओली राजनीतिको मियो भएको बताए । उक्त अवसरमा जिसस प्रमुख नवराज गेलाल, चागुनारायणका मेयर सोमप्रसाद मिश्र, मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायकका मेयर बासुदेव थापा, एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, बागमती प्रदेश सभा सदस्य शशिजङ्ग थापा लगायतले भक्तपुरको बिकाश निर्माण र एमालेको योगदान बारे चर्चा गरेका थिए ।
माओवादीको जनअदालत एमालेले चलाउने अध्यक्ष ओलीको उद्घोष
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ फागुन २०७८
भक्तपुर, ७ फागुन २०७८कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण
सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...
सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...
भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी
दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...
भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल
भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...
- बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा
- आर्गस एजुकेशनको भक्तपुर शाखा सूर्यविनायकमा शुरु, शैक्षिक परामर्श पाइने
- भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी
- भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल
- सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर
- कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण