News Portal

  • नेकपा(माओवादी केन्द्र) को भक्तपुर जिल्ला समन्वय समितिमा नयाँ नेतृत्व चयनको प्रयास

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ फागुन २०७८
    १७८८ पटक
    भक्तपुर, १७ फागुन २०७८

    नेकपा(माओवादी केन्द्र) को भक्तपुर जिल्ला समन्वय समितिमा नयाँ नेतृत्व चयनको प्रयास गरिएको छ । लामो समयदेखि जिल्ला संयोजक रहँदै आएका नेता डिपी ढकालले नेतृत्व हस्तान्तरण गर्ने इच्छा देखाए पछि नयाँ नेतृत्व चयनको प्रयास गरिएको हो ।

    एउटै व्यक्ति लामो समयदेखि जिल्लाको नेतृत्वमा रहँदा संगठनको गतिमा परिवर्तन नहुने भन्दै नेता ढकालले नेतृत्व हस्तान्तरण गर्न खोजेका उनी निकट श्रोतले बताएको छ । नेता ढकालसंग भक्तपुर पोस्टले यसबारे जिज्ञासा राख्दा उनले आफू जिल्लाको नेतृत्व हस्तान्तरण गर्न तयार रहेको पुष्टि गरे । नयाँ नेतृत्वको विकासका लागि आफूले जिल्ला समन्वय समिति छोड्न खोजेको उनको भनाइ छ ।

    ढकालले कसलाई पद हस्तान्तरण गर्छन भन्ने यतिबेला भक्तपुर माओवादी केन्द्रमा चर्चाको विषय बनेको छ । नेता ढकालले भने यसमा आफ्नो कुनै रिजर्वेसन नभएको भन्दै जिल्लाको आवश्यकतामा बागमती प्रदेश समितिले उपयुक्त नेतृत्व चयन गर्न सक्ने जानकारी दिए ।

    श्रोतका अनुसार बागमती प्रदेश समितिमा रहेका सुनिल गोठे बासु र जीवन तजबीच जिल्ला समन्वय समितिको अध्यक्षका लागि तिब्र प्रतिस्पर्धा रहेको छ । दुवै जना पुराना अनुभवी र परिपक्व नेताहरु रहेकाले एकलाई अध्यक्ष र अर्कोलाई सचिव बनाइने सम्भावना प्रवल रहेको प्रदेश समितिका एक नेताले बताए । यद्यपी दुबैजनाले अध्यक्षमा दावी गरेपछि सोको निर्णय हुन नसकेको बताइएको छ ।

    नेता गोठे सहकारीकर्मी हुन् भने तज मार्सल आर्टका खेलाडी समेत हुन् । उनीहरु दुवैसंग नगरको नेतृत्व गरेको अनुभव छ । गोठेले पार्टीको भक्तपुर नगरको नेतृत्व गरेका छन् भने तजले सूर्यविनायक नगर कमिटीको नेतृत्व गरिसकेका छन् ।

    गोठे र तजबीच को अध्यक्ष बन्ने भन्नेमा जिल्लाका नेताहरु विभाजित भैसकेको अवस्था भने छैन । यदि नेताहरु विभाजित भए भने त्यो पार्टीका लागि प्रतिकूल हुने बागमती प्रदेश समितिको ठहर रहेको एक प्रदेश सदस्यले जानकारी दिए । यस्तोमा नेता सुरेश न्यौपानेलाई अध्यक्ष बनाउदा दुबैले स्वीकार गर्ने अवस्था रहेपनि न्यौपानेले भने इच्छा देखाएका छैनन् । न्यौपाने नारायणकाजी श्रेष्ठ निकट नेता भएका र पछिल्लो राजनीतिक अवस्थामा उनी पार्टीप्रति असन्तुष्ट रहेकाले त्यो सम्भावना समेत कम हुँदै गएको श्रोतले जानकारी गराएको छ ।

    सर्वसम्मत नेतृत्व चयन हुन नसके फेरिपनि ढकाललाई नै नेतृत्वका लागि अनुरोध गर्ने बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले सोंच बनाएका प्रदेश समितिका एक सदस्यले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...