News Portal

  • विद्यार्थीहरु संस्कारी नभएका प्रति मन्त्री पौडेलको चिन्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ फागुन २०७८
    ५८८ पटक
    devendra paudelभक्तपुर, २२ फागुन २०७८

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यार्थीहरु संस्कारी नभएका प्रति चिन्ता गर्दै दक्ष र नैतिकवान जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् ।

    निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनको उद्घाटन गर्दै उनले सोकुरा बताएका हुन् ।

    राज्यको ३० प्रतिशत व्ययभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्नेमा जोड दिंदै उनले भने, “आजभोलि समाजमा अराजकता, अश्लिता बढेर गएको छ, जिम्मेवारी बोध कम हुने, अधिकारको खोजी मात्रै हुने,आफ्नो भूमिकालाई विर्सर्ने संस्कार र सस्कृति बढेर गएको छ, यसलाई नियमन गर्ने भनेको शिक्षा हो ।”

    मन्त्री पौडेलले नैतिक शिक्षालाई छुट्टै विषयकारुपमा राख्नुपर्ने सुझाव आइरहेको खुलासा गर्दै आफू त्यसबारे सकारात्मक रहेको समेत प्रष्ट पारे ।

    शिक्षालाई व्यवस्थित गरी उत्पादन जनशक्तिलाई अनुशासित बनाउन सके बिग्रदै गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने उनको बिश्वास छ । मन्त्रालयले शिक्षामा विभेद नगर्ने बताउँदै उने बन्दै गरेका शिक्षा ऐन शिक्षा मैत्री बन्ने बताए ।

    १० वर्षे शिक्षाका योजनाहरु सार्वजनिक गरेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्ने दायित्व राज्यको भएकोको भन्दै उनले विद्यालय संचालकहरु लाई निश्चिन्त भएर शिक्षाको बिकासमा लाग्न प्रेरित गरेका थिए ।

    ५५ बुँदे कार्ययोजना सार्वजनिक गरी नितिगत सुधारमा लागेको बताउँदै मन्त्री पौडेलले ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको समेत स्पष्ट पारे ।

    २०५४ सालमा स्थापना भएको नेशनल प्याब्सनको नेपालगंजमा जारी महाधिवेशन ७ औं हो । हाल ४७ जिल्लामा यसको शाखा फैलिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...