News Portal

  • कांग्रेसलाई लाग्यो चुनाव : भक्तपुरमा घरघर जाऔं,कांग्रेस जिताऔं अभियान शुरु

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, २९ फागुन २०७८
    ११५८ पटक
    भक्तपुर, २९ फागुन २०७८

    सत्तारुढ दल नेपाली कांग्रेसलाई चुनाव लागेको छ । कांग्रेसले देशैभर एकसाथ घर घर जाऔं, कांग्रेस जिताऔं अभियान नै शुरु गरेको छ । आइतबार दिउँसो १ बजे प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेर बहादुर देउवाले अभियान शुरु भएको घोषणा गरेका हुन् ।  केन्द्रीय कार्यक्रमको रुपमा रहेको अभियान भक्तपुरमा समेत शुरु भएको हो ।

    भक्तपुरमा कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले एक कार्यक्रमका बीच अभियान शुभारम्भ गरेका छन् । भनपा-१ सल्लाघारीस्थित एक ब्यान्क्वेट्मा आयोजित अभियान शुभारम्भ कार्यक्रममा आउनु अघि पार्टी कार्यालय बाट कांग्रेसले बाजागाजा सहित र्याली निकालेको थियो । नेता बस्नेतलाई  केन्द्रले अभियानको भक्तपुर कमान्डर बनाएर पठाएको हो  ।

    अभियान शुभारम्भ कार्यक्रमलाई    सम्बोधन गर्दै प्रमुख अतिथि रहेका नेता बस्नेतले भक्तपुरमा पार्टीलाई जिताउन आफूले संगठकको काम गर्ने तर हस्तक्षेप नगर्ने स्पष्ट पारे । आफू टिकट बाढ्न नभइ पार्टी बनाउन आएको उनको भनाइ छ ।

    नेता बस्नेतले कम्युनिस्टहरु नक्कली रास्ट्रवादी भएका र उनीहरुको नकाब उतार्ने काम कांग्रेसले गर्नुपर्ने बताए । पार्टीले २००७ साल देखि हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको इतिहास स्मरण गर्दै उनले पछिल्लो समय गणतन्त्र ल्याउन र संविधान बनाउन पनि आफ्नै सभापतिहरुको नेतृत्व भएकोमा गर्व गर्नुपर्ने जिकिर गरे ।

    उक्त अवसरमा कार्यक्रमको सभापति समेत रहेका पार्टीको जिल्ला सभापति दुर्लभ थापाले कांग्रेस जङ्गलमा बाघ जस्तै नेपालको नेतृत्वदायी पार्टी भएको भन्दै अरु पार्टीहरु कांग्रेसदेखि डराइरहेका दावी गरे । उनले आफ्नो पार्टी कार्यकर्ताहरुलाई भक्तपुरको स्थानीय निर्वाचनमा केन्द्रीय हुन र प्रत्येक घरमा पुगेर पार्टीले गरेका कामको प्रचार गर्न निर्देशन समेत दिए ।

    नेताको घरमा चहार्ने प्रवित्ति त्याग्न आग्रह गर्दै सभापति थापाले नेतासंग नभई जनतासंग नजिक भएकाले मात्र यसपटक उम्मेदवारको टिकट पाउने समेत प्रष्ट पारे । त्यतिमात्र होइन, उनले पटकपटक एउटै नेतालाई अवसर नदिइने उद्घोष गर्दै योग्य पात्रलाई क्रमशः  उम्मेदवारी दिदै पार्टीमा नेतृत्व विकासको प्रक्रिया अघि बढाइने दावी गरे ।                                             कार्यक्रममा पूर्व सभापतिहरु महेश श्रेष्ठ,गणेशमान चक्रधर त्यसैगरी प्रभावशाली नेता अष्टकुमार कबे लगायतले कांग्रेसको समस्या कांग्रेस आफै भएको भन्दै कांग्रेस एकजुट भए भक्तपुरमा कसैले हराउन नसक्ने समेत जिकिर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    निराश जनतामा आशाको संचार गर्नुपर्ने दायित्व काँग्रेसको : सांसद थापा

    नेपाली काँग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेताहरुको आर्थिक हैसियत बढेको कुरा...

    मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ

    चाँगुनारायण क्षेत्रका बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा...

    उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू

    प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित...

    सुरुङ खनी फरार यादव १२ वर्षपछि पक्राउ, ११ जना अझै फरार

    रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

    आज लौहपुरुष गणेशमानको ११०औँ जन्मजयन्ती, कटुन्जेमा काँग्रेसको कार्यक्रम

    लौहपुरुष गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज शनिवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...