News Portal

  • जनयुद्धका घाइते र अपाङ्गता भएकाबारे सरकारसंग प्रचण्डका ५ माग

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ८ फागुन २०७८
    ५८९ पटक
    भक्तपुर, ८ फागुन २०७८

    पूर्व प्रधानमन्त्री समेत रहेका तत्कालीन जनयुद्धका सुप्रीम कमान्डर एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनयुद्धका घाइते र अपाङ्गता भएकाहरुको अवस्था अवगत गराउदै ध्यानाकर्षण गराएका छन् । वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका एक गम्भीर बिरामी काभ्रेका भक्त रानालाई  भेटे लगत्तै उनी बालुवाटार पुगेर प्रधानमन्त्री देउवासमक्ष जनयुद्धका घाइते र अपांगता भएकाको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

    अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवालाई  निम्न ५ विषयमा ध्यानाकर्षण गराइएको छ :

    १. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,

    २. सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,

    ३ . सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,

    ४. जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने,

    ५. सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।

    स्वकीय सचिव मल्लले भेटमा प्रधानमन्त्री देउवाले सकारात्मक प्रतिक्रिया दिएका जानकारी गराएका छन् । यी विषय शान्ति प्रक्रिया संगै जोडिएकाले यसको ब्यवस्थापन राज्यको दायित्व भएको भन्दै प्रधानमन्त्री देउवाले सरकारले यसलाई प्राथमिकता दिने र गम्भीरता पूर्वक ब्यवस्थापनको कार्य अघि बढाउने बताएका मल्लले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...