News Portal

  • भक्तपुरको तौमढीमा सुरक्षाकर्मीले नै आगो लगाएपछि

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ११ चैत २०७८
    ५२८३ पटक
    भक्तपुर, ११ चैत २०७८

    शुक्रवार दिउँसो तौमढीमा सुरक्षाकर्मीले नै आगो लगाएपछि स्थानीय अचम्ममा परे । पाँच तले मन्दिर अगाडि राखिएको टेण्ट दनदनी बल्न थालेपछि आगो निभाउन तत्काल दमकल पनि हाइपुगिहाल्यो र आगो निभाउन थाल्यो । आगो लगाउने सुरक्षाकर्मीलाई कुनै कारवाही भने नभएपछि यो कुनै सिनेमाको सुटिङ हो कि भन्ने पनि मानिसहरूले आँकलन गरे । प्राय: चलचित्रको सुटिङ भैरहने भक्तपुरमा यो चलचित्रको दृश्य जस्तो पनि देखिएन किनभने जिल्लाका सांसद,मेयर, सिडिओ र राजनीतिक दलका प्रमुखहरु समेत यो दृश्य बडो स्वाद मानेर हेरिरहेका थिए । दमकलले आगो निभाइरहेको थियो भने सुरक्षा निकाय र स्थानीय स्वयंसेवी सस्थाका स्वयंसेवकहरु आगलागी बाट घाइतेको उद्धारमा जुटेका थिए । उनीहरुले ५ तलाबाट बडो जतनसाथ उद्धार गरेका मानिस देखेर बालबालिका डराइरहेका देखिन्थे तर ती सब डमी दृश्यहरु मात्र थिए । एम्बुलेन्स आएर घाइते लाई अस्पताल पुर्याइसक्दा र आगो नियन्त्रणमा आइसक्दा सबैलाई आनन्द आएको देख्न सकिन्थ्यो ।                यो सब दृश्य जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा आयोजित संयुक्त विपत प्रतिकार्य र अग्नि नियन्त्रण अभ्यासको लागि देखाइएको थियो । सुरक्षा निकाय तथा सरोकारवालाहरुको संयुक्त सहकार्यमा शुक्रबार भक्तपुरको टौमढीमा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम  सम्पन्न भएको हो  ।कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, आर.एन. ए १६, रेडक्रस लगायतको टोलीले आगालागी नियन्त्रणबारे कृत्रिम घटना अभ्यास प्रस्तुत गरेका थिए ।                                       
    कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरका मेयर सुनिल प्रजापति, चागुनारायणका मेयर सोमप्रसाद मिश्र, सूर्यविनायककी  उपमेयर जुना बस्नेत,मध्यपुरकी उपमेयर अन्जनादेवी मधिकर्मी, सिडिओ रुद्रादेवी शर्मा, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, राजनीतिक दलका जिल्लास्थित प्रतिनिधिहरुलाई साक्षी राखेर आगलागीको अवस्थामा जिल्लाको तयारीबारे अभ्यास प्रदर्शन गरिएको जिप्रकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला खतिवडा घिमिरेले जानकारी गराइन् । उक्त अवसरमा आगलागीबाट बच्न जनचेतनामूलक प्रदर्शन र आगो नियन्त्रणमा लिन प्रारम्भिक अवस्थामा घरमै गर्न सकिने प्रयासहरु बारे पनि बताइएको थियो । त्यतिमात्र होइन, ग्यास सिलिन्डरमा आगो लाग्दा कसरी निभाउने भन्ने ब्यवहारिक ज्ञान समेत दर्शकहरुलाई दिइएको थियो ।                                                                            अभ्यास प्रदर्शन र जनचेतनामूलक कार्यक्रम पछि आयोजित सभालाई सम्बोधन गर्दै सांसद प्रेम सुवालले कृत्रिम घटना अभ्यास कार्यक्रमले जुनसुकै समयमा आउनसक्ने विपदबाट जोगिन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरे । विपद्का अभ्यास कार्यक्रमहरु स्थानीय तहसँग समन्वय गरी टोल–टोलमा आयोजना गर्नुपर्ने आवश्यकता औल्याउँदै सुवालले यसलाई महत्वका साथ अघि बढाउन स्थानीय सरकारलाई सुझाव समेत दिएका थिए ।

    कार्यक्रममा स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखहरुले विपतबाट बच्न पूर्वतयारीलाई प्राथमिकता दिईने प्रतिवद्धता प्रकट गरेका थिए भने सिडिओ रुद्रादेवी शर्माले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पारेकी थिइन् ।                                                               
    उक्त अवसरमा विपद् तथा प्राकृतिक प्रकोपहरुको प्रतिकार्य तथा पूर्वतयारी निम्ति संयुक्त विपद् प्रतिकार्य तथा आगलागी नियन्त्रण अभ्यास सफलतापूर्वक सञ्चालन गरेकोमा सहभागीहरुलाई प्रशंसापत्र पनि प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...