भक्तपुरमा दुर्गा प्रसाईको शक्ति प्रदर्शन : २२ हजार एमाले प्रवेशको हल्ला, २ सय उपस्थित

सत्तारुढ गठबन्धनले चुनावी मैदानमा समेत एक्ल्याउने नीति लिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) प्रचार राजनीतिमा पुगेको देखिन्छ । सत्तारुढ गठबन्धनको चुनावी एकतालाई एमालेदेखि डराएर गरिएको एकताको संज्ञा दिंदै एमाले प्रचार राजनीतिमा उत्रिएको हो । बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक ८ मा आयोजित एक तरकारी बजार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कार्यक्रममा २२ हजार मानिसहरु बिभिन्न पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्ने उद्घोष गरे । मुस्किलले १ हजार मानिस उपस्थित उक्त सभामा २२ हजार प्रवेश गर्दै भन्ने कुराले सहभागीहरु नै अलमलमा परेका देखिन्थे । तर पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली रोकिएनन । उनले भने,”आजै २२ हजार प्रवेश गर्दै हुनुहुन्छ, यसले देखाउँछ एमाले कुन ठाउँमा छ ।” २२ हजार प्रवेश गर्ने भनिएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न जिल्लाबाट ४ वटा बसमा ल्याइएका करिब २ सय मानिसलाई मात्र पार्टी प्रवेश गराए । उनीहरुलाई पार्टी प्रवेशको प्रवन्ध बिबादित व्यवसायी दुर्गा प्रसाईले मिलाएका थिए । प्रसाई तत्कालिन नेकपा कालमा अध्यक्षद्वय ओली … Continue reading भक्तपुरमा दुर्गा प्रसाईको शक्ति प्रदर्शन : २२ हजार एमाले प्रवेशको हल्ला, २ सय उपस्थित