News Portal

  • जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा थापा नियुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ चैत २०७८
    १३६९ पटक
    भक्तपुर, २९ चैत २०७८

    भक्तपुर जिल्लाको खेलकुद विकास समितिले नयाँ नेतृत्व पाएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्षमा कटुन्जे निवासी दीपक थापा नियुक्त भएका छन् ।

    भलिवल खेलाडी समेत रहेका थापा सत्ता गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा संघ नेपालका केन्द्रीय नेता हुन् ।

    बागमती प्रदेश सरकार मातहत रहेको जिल्ला खेलकुद विकास समिति भक्तपुरको अध्यक्ष पदमा थापालाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको निर्णयमा प्रदेश खेलकुद विकास परिषदले नियुक्त गरेको हो । राजनीतिक नियुक्ति भए पनि अध्यक्ष पदमा खेल क्षेत्रमा योगदान गरेको खेलाडी, रेफ्री वा विज्ञ हुनुपर्ने नियम बनाइएको छ । युवा तथा खेलकुद मन्त्री ढकाल नेकपा(माओवादी केन्द्र)का नेता भएता पनि सत्ता गठबन्धनका कारण भक्तपुर अध्यक्ष एकीकृत समाजवादीको पोल्टामा परेको माओवादी केन्द्रका भक्तपुर संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका पूर्व अध्यक्ष सुनिल बासुले बताए । उक्त पदमा माओवादी केन्द्रका कसैले दावी गरेका थिएनन ।

    निवर्तमान अध्यक्ष श्रीभक्त कासिछवाको कार्यकाल सकिएपछि रिक्त  सो पदमा थापा नियुक्त भएका हुन् । नवनियुक्त अध्यक्ष थापाको कार्यकाल नियमानुसार २ वर्षको हुनेछ । खेल क्षेत्रको विकासमा आफ्नो कार्यकाल अविस्मरणीय बनाउने उनले दावी गरेका छन् ।

    जिल्ला खेलकुद विकास समितिको मूख्य कार्य जिल्लामा खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने, प्रदेशस्तरीय र राष्ट्रियस्तरमा हुने प्रतियोगितामा खेलाडीहरु सहभागी गराउने , जिल्लामा खेलकुदको पूर्वाधार र खेल सामाग्रीको पर्याप्तता सुनिश्चित गर्ने,स्थानीय तह तथा संघसस्था संग समन्वय गर्ने, वार्षिक कार्यक्रम बनाइ परिषदबाट पास गराउने लगायत रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...