News Portal

  • मेयर मिश्रमाथि एकलौटी गरेको आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ बैशाख २०७९
    ३२९९ पटक
    changu narayanभक्तपुर, ८ बैशाख २०७९

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रथम मेयर सोमप्रसाद मिश्रमाथि नगरपालिकामा एकलौटी गरेको आरोप लागेको छ । प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र राप्रपाका प्रत्यासी हरुले संयुक्तरुपमा सो आरोप लगाएका हुन् ।

    बिहीवार प्राइम टेलिभिजनद्वारा चानपा ७ स्थित नगरपालिका हलमा आयोजित एक कार्यक्रममा राप्रपाका सहमहामन्त्री एवं चाँगुनारायणका नेता रवीन्द्रप्रताप शाह, नेपाली काँग्रेसका क्षेत्रीय सभापति जीवन खत्री, माओवादी केन्द्रका नगर अध्यक्ष नरेश खड्काले मेयर मिश्र साझा व्यक्तित्व बन्न नसकेको बताए । आफ्नो पाँच वर्षे कार्यकालमा मेयर मिश्रले साझा चरित्र प्रदर्शन गर्नुको सट्टा नगर प्रमुखमा निर्वाचित भएर पनि एमाले नेताकै भूमिका निभाएको उनीहरुले जिकिर गरे ।

    मिश्रको कार्यकाल सफल मान्न नसकिने दावी गर्दै उनीहरुले नगरका समस्या समाधान गर्न मेयर असफल भएको समेत आरोप लगाए । राप्रपाका सहमहामन्त्री एवं चाँगुनारायणका नेता रवीन्द्रप्रताप शाहले मेयर मिश्रले अरु पार्टीका कुरा नसुन्ने र काम नगरिदिने गरेको गुनासो गरे भने नेपाली काँग्रेसका नेता जीवन खत्रीले आफ्नो पार्टीले अघि सारेको योजनामा एक पैसा पनि नहालेर दीर्घकालीन महत्वको आयोजनाहरुलाई असहयोग गरिएको बताए । माओवादी केन्द्रका नेता नरेश खड्काले नेकपाकालमा मेयरसंग सहकार्य हुन सकेपनि त्यसयता सोचेजस्तो काम हुन नसकेको प्रष्ट पारे ।

    चाँगुनारायणका मेयर सोमप्रसाद मिश्र नेकपा(एमाले)का केन्द्रीय सदस्य एवं भक्तपुर जिल्लाका पार्टी इन्चार्ज हुन् । उनले आफूले साझा चरित्र नदेखाएको भन्ने आरोपको खण्डन गर्दै नगर सभामा अन्य दलका निर्वाचित जनप्रतिनिधिहरु पनि भएका र नगर सभामा कहिल्यै असहमती दर्ज नभएको भन्दै यसबाट आफूले एकलौटी नगरेको पुष्टि हुने जिकिर गरे ।

    उक्त अवसरमा उपमेयर वीणा बास्तोला, नेकपा (एमाले) चाँगुनारायणका नेताद्वय रमेश बुढाथोकी र शम्भु दाहालले मेयर मिश्रको बचाव गर्दै उनको नेतृत्वमा नगरपालिकाले धेरै राम्रा काम गरेको दावी गरेका थिए । मेयर मिश्र बाहेकका बक्ताहरुलाई कार्यक्रम संचालक ऋषि धमलाले उनीहरु आवद्ध पार्टीको तर्फबाट मेयर प्रत्यासीको रुपमा परिचय गराउदै उनीहरु निर्वाचित हुने आधार र निर्वाचित भएपछि गर्ने कामका योजना बारे प्रश्न राखेका थिए ।                                                       Chagu narayanकार्यक्रममा उपस्थित चाँगुनारायणबासीले भने नगरपालिकामा सुशासन नभएको, भ्रष्टाचार बढेको, नगरकोट सडकको दुरावस्था अन्त्य गर्न पहल नगरेको, इट्टा भट्टा विस्थापन नगर्दा नगर प्रदुषित भएको र जथाभावी खानी र प्लटिंग गर्न दिंदा नगर कुरुप बनेकोप्रति आक्रोश प्रकट गरेका थिए ।  प्रश्नकर्ताहरु  आम जनता भन्दा ससक्त कार्यकर्ता देखिन्थे । उनीहरुले राजनीतिक पुर्वाग्रह राखेर प्रश्न गरेका भन्दै मेयर मिश्र कार्यक्रममै असन्तुष्ट समेत बन्न पुगे । कार्यक्रममा पक्ष र विपक्ष बनेर सहभागी दर्शक समेत खुलेका देखिन्थे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...