भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको सम्बोधनको पूर्णपाठ

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रवार नगरवासीको नाउँमा गरेको सम्बोधनको पूर्णपाठ) भक्तपुर नगरवासी दाजुभाई तथा दिदीबहिनीहरू, भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । यस नगरको कूल क्षेत्रफल ६.८८ वर्ग कि.मी. मात्र छ । पछिल्लो जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार भक्तपुर नगरपालिकाको जनसङ्ख्या ७८,८५४ र मतदाता सङ्ख्या ५७,२७० रहेको छ । यो नगर हाल १० ओटा वडामा विभाजित छ । यस नगरमा कृषकहरूको बाहुल्यता छ । जनसंख्याको बृद्धिसँगै यहाँ कृषि योग्य जग्गा जमिन कम हुँदै गएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा हामी भारी मतले विजयी भयौँ । भक्तपुरका जनताले नेमकिपाका तर्फबाट प्रमुखमा सुनिल प्रजापतिलाई २५,७३० मत र उपप्रमुखमा रजनी जोशीलाई २५,७११ मत दिएर विजयी बनाउनु भयो । निकटम प्रतिद्वन्दी नेकाका प्रमुख उम्मेदवारले ६,५६० मत र उपप्रमुखले ६,५८७ मत मात्र प्राप्त गर्नु भएको थियो । भक्तपुरवासी जनताले नेपाल मजदुर किसान पार्टीलाई अपार माया र विश्वास गरी नगर प्रमुख र उपप्रमुखसहित सम्पूर्ण वडामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरुलाई विजयी बनाउनु भयो … Continue reading भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेको सम्बोधनको पूर्णपाठ