News Portal

  • नेमकिपाको किल्ला भक्तपुरमा निवर्तमान मेयर प्रजापतिकै नेतृत्वमा बहुसंख्यक पुरानै उम्मेद्वारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ बैशाख २०७९
    १९५१ पटक
    नेमकिपाभक्तपुर, १२ बैशाख २०७९

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को किल्ला भनिएको भक्तपुर नगरपालिकामा निवर्तमान जनप्रतिनिधिहरुकै उम्मेद्वारी परेको छ । बैशाख ३० को लागि तय भएको निर्वाचनका लागि बहुसंख्यक पुरानै जनप्रतिनिधिहरुले उम्मेद्वारी दिएका छन् ।

    नेमकिपाले भक्तपुर नगरपालिकामा प्रमुख सुनिल प्रजापतिकै नेतृत्वमा उम्मेद्वारी दिएको छ । भद्र र शालीन स्वभावका प्रजापति संविधान सभा सदस्य समेत हुन् । उपमेयरमा पनि पुरानै रजनी जोशीले उम्मेद्वारी दिएकी छन् ।

    यस्तै वडा अध्यक्ष रहेका वडा नं. १ का श्यामकृष्ण खत्री, २ का हरिप्रसाद बासुकला, ३ का राजकृष्ण गोरा, ६ नंं का हरिराम सुवाल, ७ नंं वडाका उकेश कवांले पुन सोही पदमा उम्मेद्वारी दर्ता गराएका छन् भने ९ नंं वडामा वडाध्यक्ष रहेका रविन्द्र ज्याख्व र १० का लक्ष्मीप्रसाद ह्यौमिखाले पनि पुन: वडाध्यक्ष उम्मेद्वारी दिएका छन् ।

    वडा नम्बर ४, ५ र ८ मा भने नेमकिपाले नयाँ उम्मेदवार बनाएको छ । ४ मा उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छें र ८ नंं वडामा कृष्णप्रसाद कोजु लाई नयाँ उम्मेदवारको रुपमा नेमकिपाले अघि सारेको हो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...