News Portal

  • गठबन्धन विपरीतका बागी उम्मेदवारलाई माओवादी केन्द्रको २४ घण्टे अल्टिमेटम

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १८ बैशाख २०७९
    ७३१ पटक
    भक्तपुर, १८ बैशाख २०७९

    नेकपा(माओवादी केन्द्र) ले स्थानीय निर्वाचनमा गठबन्धनले गरेको सहमती विपरीत दिएका उम्मेदवारी फिर्ता लिन २४ घण्टे अल्टिमेटम दिएको छ । बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले आइतबार एक प्रेस वक्तव्य जारी गर्दै सहमती अनुरुप समर्थन गर्न भन्दै यस्तो अल्टिमेटम दिएका हुन् ।

    सत्तारुढ गठबन्धनले स्थानीय तहमा पद बाँड्फाँड गरी मिलेर उम्मेदवारी दिने सहमति गरेको थियो । त्यस विपरीत उम्मेदवारी परेपछि नेताहरुले उम्मेदवारी फिर्ताको प्रयास गरेका थिए । कतिपय उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि प्रदेश अध्यक्ष सहयात्रीले बिज्ञप्तिमार्फत कार्वाहीको चेतावनी समेत दिएका छन् । सोमबार साझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिएको घोषणा गरी आधिकारिक उम्मेदवार लाई समर्थन नगरे कार्वाही हुने बिज्ञप्तिमा उल्लेख छ । पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्रमा बागी उम्मेदवारी दिएका उम्मेदवारलाई पनि पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गरेको घोषणा नगरे कार्वाही हुने बताइएको छ ।                  भक्तपुरमा के हुन्छ ?   

    भक्तपुरमा रहेका ४ नगर मध्ये प्रदेश स्तरीय निर्णयको कार्यान्वयन मध्यपुर थिमि नगरपालिकामा मात्र भएको छ । पूर्व सहमती बमोजिम यहाँ नेकपा (माओवादी केन्द्र)ले उप प्रमुख पाएपछि उपप्रमुख उम्मेदवार विजय कृष्ण श्रेष्ठको नेतृत्वमा अन्य वडामा वडा सदस्यसहित चुनावी मैदानमा होमिएको देखिन्छ । सहमती भएका सूर्यविनायक र भक्तपुर नगरमा भने माओवादी केन्द्रले पुरै प्यानल प्रस्तुत गरेको छ । सूर्यविनायकमा मेयर कल्पदीप राइको नेतृत्वमा र भक्तपुरमा तुल्सीभक्त सुवालको नेतृत्वमा माओवादी केन्द्रले उम्मेदवारी दिएको देखिन्छ ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुरका नेता डिपी ढकालले भने यी दुई नगरपालिकामा प्रमुख, उपप्रमुख नलिए वापत वडाहरु मिलाउनुपर्नेमा नमिलाइएकोले सहमती भएको भन्न नमिल्ने दावी गरेका छन् ।

    माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले   पनि भक्तपुरका सूर्यविनायक र भक्तपुरमा मित्रवत प्रतिस्पर्धा हुने प्रष्ट पारे । प्रमुख उपप्रमुख छोड्दा पनि वडामा सहमती नभएको लाई सहमती भएको नमानिने उनले जानकारी गराए । आइतबार प्रकाशित वक्तव्यले भक्तपुरका उम्मेदवारलाई प्रभाव नपार्ने उनको भनाइ छ ।

    प्रदेश स्तरीय सहमती गर्दा चाँगुनारायण नगरमा भने सहमती हुन सकेको थिएन । यहाँ माओवादी केन्द्रले नरेश खड्काको नेतृत्वमा आफ्ना उम्मेदवारहरु उठाएर चुनावी अभियान शुरु गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...