News Portal

  • उपत्यकाका सिडिओहरुको संयुक्त बैठक भक्तपुरमा सम्पन्न

    भक्तपुर, २६ बैशाख २०७९
    ८२९ पटक
    rudra sharmaभक्तपुर, २६ बैशाख २०७९

    उपत्यकाका सिडिओहरुको संयुक्त बैठक भक्तपुरमा सम्पन्न भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपत्यकाका ३ सिडिओ सहित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो ।

    बैठकमा भक्तपुर सिडिओ रुद्रादेवी शर्मा, ललितपुर सिडिओ घनश्याम उपाध्याय र काठमाडौं सिडिओ गोविन्दप्रसाद रिजालको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु सहभागी रहेका थिए । निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थाको जिल्लागत अवस्थाबारे बैठकमा छलफल भएको बताइएको छ । भक्तपुर सिडिओ रुद्रादेवी शर्माले निर्वाचन र शान्ति सुरक्षाको विषयमा केन्द्रीत भई बैठक बसेको पुष्टि गरेकी छन । जिल्लाहरुको शान्ति सुरक्षा, अपराध न्यूनिकरण, स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ,स्वतन्त्र, निष्पक्ष, भयरहीत रुपमा सम्पन्न गर्ने उदेश्यले समन्वयका लागि बैठक बसेको सिडिओ शर्माले बताएकी छन् । निर्वाचनलाई भयरहीत वातावरणमा शान्तिपूर्ण र उल्लासमय बनाउने विषयमा आवश्यक निर्णय गरिएको समेत उनले बताइन ।

    निर्वाचनमा आउनसक्ने चुनौतीहरु र त्यसको समाधानका लागि आवश्यक पूर्वतयारीको विषयमा समेत रणनीति बनाइएको श्रोतले बताएपनि सिडिओ शर्माले भने आसन्न निर्वाचनमा सुरक्षा चुनौती नरहेको र यो शान्तिपूर्ण ढंगले सम्पन्न हुने जिकिर गरेकी छन । निर्वाचनको विरुद्धमा कुनै पनि शक्ति नरहेको उनको दावी छ । सुरक्षा निकायलाई आ आफ्नो जिम्मेवारी दिएर हाइ एलर्ट रही निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सकिने तीनै जिल्लाका सिडिओहरुले विस्वास व्यक्त गरेका सहभागी एक अधिकारीले बताए । उनीहरुले जिल्लामा अनावश्यक सवारी पास वितरण नगर्ने र मादक पदार्थ सेवन र विक्री वितरण निषेध गर्ने कुरालाई कडाइका साथ् लागू गर्ने निर्णय गरेका छन् भने मौन अवधिमा हुनसक्ने निर्वाचन आचार संहिता हनन र झडपको अवस्था हुन नदिन विशेष संयन्त्र परिचालनमा जोड दिएका जानकारी प्राप्त भएको छ । वैठकमा जिल्लाहरुको शान्ति सुरक्षा, अपराध न्यूनिकरण, स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ,स्वतन्त्र, निष्पक्ष, भयरहीत रुपमा सम्पन्न गर्न तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबीच समन्वय गरिने निर्णय भएको समेत बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...