नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदानले एमाले उम्मेदवार जिताउन सकेन । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले मतदान पछि सहज जित हासिल हुने दावी गरेका थिए । तर, अध्यक्ष ओलीको वडामा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रदीप कार्की पुरै प्यानल सहित निर्वाचित भएका छन्।
प्रदिपले १ हजार ५ सय ११ मत पाएर विजयी हुँदा एमालेका विश्वराज भट्टले १ हजार ३ सय ५ मत मात्र पाएर पराजय भोग्न वाध्य भए । ओलीको वडामा उत्साहका साथ निर्वाचनमा सहभागी एमालेका नेताहरुलाई निरास बनाउदै खुला वडा सदस्यका उम्मेदवारमा पनि काग्रेसका जर्नादन खड्का १ हजार ४ सय ७६ र भगत रानाले १ हजार ४ सय २२ मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी, काग्रेसका महिला उम्मेदवार कल्पना खतिवडा(दाहाल) १ हजार ५ सय २९ तथा महिला सदस्यमा
रन्जिता तिखत्री १ हजार ५ सय १७ मत पाएर विजयी भएकी छन् ।
अहिलेसम्म सूर्यविनायकका वडा नंं १ र २ को मतगणना सम्पन्न भएको छ । वडा नम्बर १ मा एमालेले जीत हासिल गरेपनि नगरप्रमुखका उम्मेदवार काग्रेसका निशान ढुंगेलको अग्रता कायम छ । ढुंगेलले ३ हजार १ सय ३१ मत पाउँदा एमालेका नगर प्रमख उम्मेदवार बासुदेव थापाले २ हजार ७ सय ६० मत पाएका छन् । अहिले वडा नं ३ को मतगणना भइ रहेको छ ।
एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको पूरै प्यानल विजयी
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २ जेठ २०७९
भक्तपुर, २ जेठ २०७९माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...
भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन
भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...
एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)
एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...
रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह
भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...
ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...
- बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
- बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- आज क्रिसमस, देशभर सार्वजनिक बिदा
- एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा