News Portal

  • काँग्रेसका खत्री चाँगुनारायण ८ मा वडाध्यक्ष निर्वाचित, सबै सदस्य एमाले

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ जेठ २०७९
    ९०० पटक
    janak khatriभक्तपुर, ३ जेठ २०७९

    चाँगुनारायण नगरपालिकाको वडा नम्वर ८ मा नेकपा(एमाले) ले आफ्नो विरासत कायम राख्न सकेन । वडा नम्बर ८ मा नेपाली काँग्रेसका उम्मेदवार जनक खत्री वडा अध्यक्षमा विजयी भएका छन् ।

    वडामा अन्य चार सदस्य जित्न सफल नेकपा एमालेले वडा अध्यक्षमा भने नेपाली काँग्रेसका उम्मेदवार खत्रीसंग पराजय बेहोर्न बाध्य बनेको छ । खत्रीले एमालेका उम्मेदवार राजेश खड्कालाई पछि पार्दै वडा अध्यक्षमा जीत हासिल गरेका हुन् ।

    खुला सदस्यमा हरिगोपाल हेम्बा, प्रल्हाद दुलाल, महिला सदस्य नानु कार्की र महिला दलित सदस्यमा अनिता परियारले जीत हासिल गर्दा वडाध्यक्ष उम्मेदवार खड्का पराजित बनेपछि एमालेभित्रै बाट अन्तर्घात भएको आशंका व्यक्त गरिएको छ । निर्वाचनले आफूलाई धेरै कुरा सिकाएको खड्काले प्रतिक्रिया दिएका छन् । उनी जिल्ला भित्र नेता महेश बस्नेत निकट मानिन्छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...