दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने उद्घोष गरेका छन् । काँग्रेसकै नेताकार्यकर्ताका कारण जित्नुपर्ने ठाउँमा हार्नुपरेको जिकिर गर्दै उनले उक्त उद्घोष गरेका हुन् । बुधवार भक्तपुर ब्याङ्क्वेटमा आयोजित पार्टीबाट निर्वाचित २ मेयर र वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले दिनभरी काँग्रेस पार्टीमा र रातभरी विपक्षीको पार्टीमा लाग्ने नेताकार्यकर्ता बारे आफूलाई जानकारी भएको र भक्तपुर काँग्रेसमा अब उनीहरुलाई प्रवेश निषेध गर्ने दावी गरे । ”दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन ।” उनले भने । कार्यक्रममा प्रमुख अतिथि रहेका पार्टी महासचिव गगनकुमार थापालाई साक्षी राखी उनले अन्तर्घात गर्ने नेता कार्यकर्तालाई खोजीखोजी कारवाही गर्ने प्रतिवद्धता प्रकट गरे । अन्जानमा पार्टीलाई नोक्सान पुर्याउनेलाई आममाफी दिनसकिने भएपनि जानीजानी नियतबस अन्तर्घात गर्नेहरुलाई उन्मुक्ति दिन नसकिने उनले बताएका हुन् । पार्टीमा क्षेत्रले वडामा, प्रदेशले मेयर उपमेयरमा उम्मेदवारको टिकट दिएको र जिल्ला पार्टीले आफ्ना उम्मेदवारलाई जिताउन भरमग्दुर प्रयास गरेको … Continue reading दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा