राहदानीको लागि निवेदन दिने तरिका
राहदानीको लागि निवेदन कसरी दिने ? अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुने छैन । आफ्नो बुकिङ्गको दिन तोकिएको समयमा मात्र आउनु पर्छ । हरेकआधा घण्टाको बुकिङ्ग हुने, आधा घण्टामाकरिब सय जना सेवाग्राही हुने र हाल विभागमा २२ वटा लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने ठाउँ भएकोले धेरै लाइन बस्नै आवश्यक छैन । अहिले यो ब्यवस्था कडाइका साथ लागू गरिएकोले तोकिएको मिति र समयमा मात्र आउनु होला ।जस्तै, दिउसो ३ बजेको बुकिङ्ग छ तर विहान १० बजे नै विभागमा आएमा अनावश्यक रुपमा पाँच घण्टा बढी पर्खिनु पर्ने हुन्छ । सोही दिनको बुकिङ्ग भएका सेवाग्राहीहरूलाई पहिलो प्राथमिकता दिइ विभागले प्रतिदिन राहदानी जारी गर्न सक्ने क्षमताको आधारमा स्वास्थ्य उपचार, सम्बन्धित मुलुकको भिसा र टिकट भएको जस्ता अत्यावश्यक काम र प्रमाणको आधारमा मात्र पछिका बुकिङ्गलार्इ अगाडि ल्याएर अत्यन्त सीमित सेवाग्राहीहरूलाई सेवा उपलब्ध गराउन सक्नेछ । … Continue reading राहदानीको लागि निवेदन दिने तरिका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed