News Portal

  • लोकन्थलीमा सडक दुर्घटना हुँदा एकको निधन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ जेठ २०७९
    ६६४ पटक
    भक्तपुर, २३ जेठ २०७९

    लोकन्थलीमा सडक दुर्घटना हुँदा बनेपा निवासी नकुल थापाको ज्यान गएको छ । दुध बोक्ने ट्यांकरले ठक्कर दिंदा स्कुटर चालक थापाको ज्यान गएको हो ।

    भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बाग्मती प्रदेश ०२-०२५ प १६२० नं को स्कुटिलाई सोही दिशा तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१-००४ क ०५८० नं को दुधको ट्याङकरले साँझ करिब सवा ४ बजेको समयमा ठक्कर दिदा स्कुटि चालक थापा गम्भीर घाइते भएका थिए ।

    बनेपा ५ बस्ने ४५ वर्षीय थापालाई उपचारको लागि गठ्ठाघरस्थित नागरीक अस्पताल लगिएकोमा उपचारको क्रममा साँझ ४ :३० बजेको समयमा ज्यान गएको प्रहरीले पुष्टि गरेको हो । ट्याङकर चालक भक्तपुर २ ब्यासी बस्ने ३५ वर्षीय राजन ब्यान्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी राजु पाण्डेले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...