News Portal

  • गृहका अधिकारीमाथि सांसद सुवालको गम्भीर आरोप

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ २०७९
    ८८४ पटक
    भक्तपुर, २७ जेठ २०७९

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुरबाट निर्वाचित संघीय सांसद प्रेम सुवालले गृह मन्त्रालयका उच्च पदस्त अधिकारीहरु माथि गम्भीर आरोप लगाएका छन् । उनले गृहका हाकिमका पत्नीहरू नै मिटरब्याज असुलीमा संलग्न रहेका एउटा आरोप लगाए भने अर्को नक्कली सुराकी बनाएर कमिशन लिइरहेको समेत आरोप लगाएका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन् ।

    सांसद सुवालले सरकारको बजेट वक्तव्यमा मिटरब्याज नियन्त्रण गर्ने उल्लेख गरेपनि यसको कार्यान्वयन गर्ने निकायका हाकिमहरु नै बाधक देखिएको बताए ।

    ‘बजेट वक्तव्यमा मिटरब्याज नियन्त्रण गर्ने उल्लेख छ। तर, गृह प्रशासनका हाकिमहरुका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटरब्याजमा संलग्न भएको, नक्कली सुराकी बनाएर कमिशन लिइरहेको र कतिपय पदाधिकारीहरुले आफन्तहरुलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हातमा लिन सक्नेहरुले गरेको देखियो नि।’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...