News Portal

  • १३ जिल्लाका पत्रकारलाई भक्तपुरमा स्वागत

    बाबुराम दाहाल / भक्तपुरपोस्ट भक्तपुर, २९ जेठ २०७९
    ८०७ पटक
    भक्तपुर, २९ जेठ २०७९

    बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका पत्रकारलाई भक्तपुरमा स्वागत गरिएको छ । प्रदेशमा पर्यटन मन्त्रालयले गरेका कामको ३ दिने अवलोकन भ्रमणमा निस्किएको पत्रकार टोलीलाई भक्तपुरमा स्वागत गरिएको हो ।

    नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तकले आइतबार जगातीमा उनीहरुलाई भक्तपुरको जु:जु धौको सगुन सहित स्वागत गरेका हुन् । महासंघको तर्फबाट स्वागत गर्दै सचिव शुभचिन्तकले यस्ताखाले भ्रमणले स्थलगत रिपोर्टिङमा सहयोग मिल्ने, पर्यटन प्रवर्द्धनमा योगदान हुने र पत्रकारहरुबीच आपसी सम्बन्ध समेत बिस्तार हुने बताउदै यात्रा फलदायी हुने विश्वास ब्यक्त गरे ।  उक्त अवसरमा कार्यसमिति सदस्य राजकुमार लामिछाने लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    नेपाल पत्रकार महासंघ, बागमती प्रदेशको संयोजनमा मकवानपुरबाट शुरु भएको अवलोकन भ्रमण सिन्धुली,रामेछाप सिन्धुपाल्चोक र काभ्रे हुँदै आइतबार भक्तपुर आएको हो । महासंघको  प्रत्येक जिल्ला शाखाबाट एक-एक जना प्रतिनिधि  अवलोकन भ्रमणमा सहभागी रहेका प्रदेश महासचिव कृष्ण सारुले बताए । प्रदेशको पर्यटन मन्त्रालयको आयोजनामा पर्यटन प्रवर्द्धनमा मन्त्रालयले गरेका  उल्लेखनीय कामहरुको पत्रकार महासंघले अवलोकन गरिरहेको उनको भनाइ छ । भक्तपुरबाट उक्त टोलीमा कार्यसमिति सदस्य राजल छुकां हरिसुन्दर सहभागी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...