News Portal

  • रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि : अर्थमन्त्री शर्मा

    भक्तपुरपोस्ट संवाददाता
    ५६६ पटक

    अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताएका हुन् ।

    ‘रेमिट्यान्सले ग्रामिण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मदत मिलेको छ’ उनले भने, ‘बिदेशमा रहेका नेपालीहरुको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनीहरु बनिरहेका छन् ।’
    रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए । हुण्डी कारोबारलाई न्यूनीकरण गरी वैधानिक च्यानलबाट बिदेशमा रहेको नेपालीको रकम भित्र्याउन रेमिट्यान्स कम्पनीले गरेको योगदानको उहाँले प्रशंसा गरेका थिए ।

    आर्थिक बर्ष ०७९–८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट बैदेशिक मुद्रा भित्र्याउने धेरै बिषयलाई सम्बोधन गरेको उनले जानकारी दिए । ‘बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उदेश्य राखेका छैन । अहिले सामान्य प्रणालीमा आइरहेको बैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेष रुपमा बिदेशी मुद्रा भित्र्याउने भनिएको छ ’ उनले भने, ‘यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र बिदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।’

    आर्थिक बर्ष ०७९–८० को बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान भएकाले मुलुकको बर्तमान आर्थिक अवस्थालाई बिस्तारै समाधान गरी अघि बढ्ने विश्वास दिलाए । उनले औद्योगिक बस्तु र कृषि उपजसँगै सेवा क्षेत्रको समेत निर्यात थालनी गर्नेगरी बजेट आएको बताए ।

    अर्थमन्त्री जनार्दन शर्माले हाल बैंकिङ प्रणालीमा देखिएको तरलता संकट समाधान मौद्रिक नीतिमार्फत हुने बताएका छन् ।उनले सम्भव भएसम्म अहिले उत्पन्न सबै विषयहरुमा सुधार गरी मौद्रिक नीति बनाउन पनि राष्ट्र बैंकलाई सोही मञ्चबाट निर्देशन दिए । उनले पूर्वाधार, आइटी लगायतका क्षेत्रमा लगानी भित्र्याउन सरकारको ध्यान केन्द्रित रहेको र सरकारले तरलता सहज हुने गरी विभिन्न क्षेत्रमा लगानी भित्र्याउने योजना बनाएको जानकारी गराए।

    कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले गाँस, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकोमा आउँदो दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता औल्याए । त्यसैगरी आइएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट शुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...