News Portal

  • हेलिकप्टर सेवा भक्तपुर सार्दै उड्डयन प्राधिकरण

    बुद्ध शरण शाही/ भक्तपुर पोस्ट भक्तपुर, ३० जेठ २०७९
    १०१०४ पटक
    भक्तपुर, ३० जेठ २०७९

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मात्र संचालन हुदै आएको हेलिकप्टर सेवा अब भक्तपुरबाट संचालन हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले  काठमाडौंस्थित विमानस्थलको ट्राफिक जाम घटाउन हेलिकप्टर सेवालाई भक्तपुर सार्न लागेको हो ।                                                                                                                             नागरिक उड्डयन प्राधिकणका महानिर्देशक प्रदिप अधिकारीले हेलिप्याड भक्तपुरमा सार्न लागिएको पुष्टि  गरेका हुन् । भक्तपुर सारिएपछि अन्तर्राष्ट्रिय विमानस्थलको जमिन र आकाशमा उडान ‘होल्ड’ गर्नुपर्ने समस्या सुधार हुँदै जाने उनले विश्वास ब्यक्त गरेका छन् ।

    हेलिकप्टर उडानलाई भक्तपुरको सूर्यविनायक – १० स्थित नलिञ्चोक जोरपाटीमा स्थानान्तरण गरिने तयारी रहेको छ ।

    प्राधिकरणले नलिञ्चोक जोरपाटीमा हेलिप्याड निर्माणका लागि ठेक्का प्रक्रिया समेत थालिसकेको बुझिएको छ। सूनपा-१० नलिन्चोक जोरपाटीमा प्राधिकरणको आफ्नै करिब ३३ रोपनी हवाइ मैदान रहेको छ । प्राधिकरणले जनाए अनुसार नेपालमा हाल १० कम्पनीका ३३ हेलिकप्टर हवाइ सेवाका लागि दर्ता रहेका छन् । यी कम्पनीले भक्तपुर बाट सेवा दिनुपर्ने जानकारी दिइएको छ । तरपनि बिरामी बोकेका चार्टर्ड उडानले भने त्रिभुवन विमानस्थल प्रयोग गर्न पाउने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    केएमसीमा मध्यपुर थिमि-७ का बासिन्दालाई दुईदिन निशुल्क स्वास्थ्य सेवा

    काठमाडौ मेडिकल कलेजले मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ का बासिन्दालाई लक्षित गरि निशुल्क स्वास्थ्य...

    कार्यसम्पादन मूल्यांकनमा मध्यपुर थिमिले पछि पार्यो जिल्लाका अरु पालिका

    कार्यसम्पादन मूल्यांकनको आधारमा भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सर्वोत्कृष्ट सावित भएको छ ।...

    स्व-मूल्यांकन गर्दा चाँगुनारायण नगरपालिका जिल्ला प्रथम

    स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा सर्वोत्कृष्ट भएको छ । जिल्लाका...

    चाँगुनारायणमा निशान गाडीको ठक्करबाट महिलाको निधन

    भक्तपुरको चाँगुनारायण- ३ कल्पकोट ओरालोमा निशान गाडीले पैदलयात्रीको ज्यान लिएको छ । व्यासीबाट झौखेल तर्फ...

    १२ वर्षदेखि बन्द नगदेशको पुलु:किसि जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा धार्मिक-ऐतिहासिक पुलु:किसि जात्रा सम्पन्न भएको छ । बाह्र वर्षदेखि बन्द...