News Portal

  • कति बजेट ल्याउन सक्यौं भन्ने आधारमा मूल्यांकन हुन्छ : सांसद बस्नेत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ जेठ २०७९
    ९९४ पटक
    mahesh basnrtभक्तपुर, ३१ जेठ २०७९

    पूर्व मन्त्रीसमेत रहेका भक्तपुरका सांसद महेश बस्नेतले पार्टीको सरकार हुँदा कति बजेट जिल्लामा ल्याउन सकियो भन्ने आधारमा नेताहरुको मूल्यांकन हुने बताएका छन् । नेकपा(एमाले)का पोलिटब्युरो सदस्य समेत रहेका सांसद बस्नेतले आफ्नो पार्टीको सरकार हुँदा पच्चीस अर्वको बजेट भक्तपुर भित्राएको दावी गर्दै सोकुरा बताएका हुन् ।

    मंगलवार गैसस नेपाल भक्तपुरको १८ औं साधारण सभालाई सम्बोधन गर्दै सांसद बस्नेतले अघिल्लो सरकारको तुलनामा अहिले भक्तपुरको बजेट ज्यादै न्यून मात्र रहेको जिकिर गरे । बजेटमा भक्तपुरका लागि कम बजेट पर्दा सत्ताधारी पार्टीका नेताहरु माथि गम्भीर प्रश्न खडा भएको उनको भनाइ छ ।

    भक्तपुरको बिकासमा योगदान गर्नुपर्ने आवश्यकता औल्याउदै बिकासका लागि बजेट ल्याउन पहलकदमी लिन समेत उनले सबैसंग आग्रह गरे । उनले बिकासमा पछि पारिएको भक्तपुरलाई अघि ल्याउन आफूहरु अहोरात्र लागिरहेको समेत दावी गरे । हनुमन्ते सफाई अभियान र करिडोर निर्माणमा एकतावद्ध भएर लाग्न पर्नेमा जोड दिंदै उनले खासगरी भक्तपुर नगरपालिकालाई यसप्रति गम्भीर बन्न अपिल गरे । उनले समाजमा व्यक्तिवाद मौलाएको र सामाजिक भावनामा ह्रास आइरहेको उल्लेख गर्दै बौद्धिकतामा नाममा अराजकता भित्रिएको प्रति चिन्ता व्यक्त गर्दै सामाजिक अभियानहरु चलाउनुपर्नेमा जोड दिएका थिए । एनजीओलाई करको दायरामा ल्याएर सरकारले गल्ती गरेको समेत सांसद बस्नेतले आरोप लगाए । उनले आफूले यस विरुद्ध सदनमा कुरा उठाउने समेत आस्वासन दिए ।

    उक्त अवसरमा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख ईश्वरबहादुर थापा र उपप्रमुख सुजाता बाडेलाई बधाई तथा सम्मान व्यक्त गरिनुका साथै सुशासन स्मारिका बिमोचन गरिएको थियो । त्यसैगरी, उत्कृष्ट संस्थाको रुपमा सूनपाको सामुदायिक स्वास्थ्य केन्द्रलाई नगद रु १० हजार सहित पुरस्कृत समेत गरिएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, महासचिव अर्जुन भट्टराई, नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधान, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे शुभचिन्तक, गैसस महासंघ भक्तपुरका सल्लाहकारद्धय दुर्गामोहन श्रेष्ठ र जुना बस्नेत लगायातले गैर सरकारी सस्थाको आवश्यकता र महत्वमाथि प्रकाश पारेका थिए ।

    गैसस महासंघ भक्तपुरका अध्यक्ष नारायणप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा उपाध्यक्ष अनिता पाण्डेले स्वागत मन्तब्य राखेकी थिइन् । सचिव रमेश गिरीले राखेको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष पहलमान श्रेष्ठको आर्थिक प्रतिवेदन साधारण सभामा सर्वसम्मत पारित भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...