News Portal

  • नगर प्रमुख प्रजापतिद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    इभक्तपुर संवाददाताभक्तपुर, २ असार २०७९
    ७६१ पटक
    भक्तपुर, २ असार २०७९

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका वडा नं ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएको क्षेत्रको निरीक्षण गरेका छन् ।

    विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुर नपाको हनुमन्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।
    सोही अवसरमा उनले भक्तपुर नपा वडा नं ३ स्थित बाराही पुल र पुलसँगै रहेको शारदा स्कुल, भनपा वडा नं ४ राममन्दिरस्थित शान्ति निकेतनमा पसेको बाढीको निरीक्षण गरेका छन् ।

    स्थानीय जनताले खोला साँघुरो भएको, बाराही पुल नजिकको माटो हटाउनुपर्ने र विधार्थी तथा सर्वसाधारण जनताको आवतजावतका लागि अस्थायी बाटोको व्यवस्था गर्नुपर्ने लगायतका आवश्यकताबारे नगर प्रमुखको ध्यानाकर्षण गराएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...

    तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

    कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार खड्कराज शाही...

    अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण

    भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय...

    मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. प्रधानाङ्ग

    नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा रविना प्रधानाङ्ग निर्वाचित भएकी छन् । अस्पतालको संस्थापक...