News Portal

  • मन्त्रिपरिषद बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ असार २०७९
    २४२ पटक
    भक्तपुर, २ असार २०७९

    सरकारले मन्त्रिपरिषद बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र काकीले जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णयहरु सार्वजनिक गरेका हुन् ।

    सरकारले सार्वजनिक खरिद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नियुक्ति गर्दै नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत राजेशबाबु श्रेष्ठलाई अस्ट्रियाबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर र द ब्रिगेड अफ गुर्खाजका भूपू सैनिकहरु धर्मराज तामाङ र वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पाइर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

    यी हुन् बैठकका निर्णय:

    १। सार्वजनिक खरिद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्ने ।

    २। सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीबाट अवकाशप्राप्त हुनुभएका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने ।

    ३। एपीजी ९एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ० को मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताको लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

    ४। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने ।

    ५। जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन ९करिब ३६ करोड ६२ लाख० बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

    ६। मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने ।

    ७। राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने ।

    ८। २०७९ असार ६ देखि १३ गतेसम्म थाइल्यान्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लुसिभ फाइनान्सिङ अप्सन्स फर एमएसएमबीएस क्रिएटिभ्स विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृति दिने ।

    ९। २०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान द्विपक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतर्फबाट सहसचिव डा। नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।

    १०। नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत राजेशबाबु श्रेष्ठलाई अस्ट्रियाबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर र द ब्रिगेड अफ गुर्खाजका भूपू सैनिकहरु धर्मराज तामाङ र वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पाइर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने ।

    ११। नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरुमध्ये प्रा सुदर्शन नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने ।

    १२। नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रमसम्झौता स्वीकृत गर्ने ।

    १३। दक्षिण कोरियाको सोलमा २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वर्ल्ड टुरिज्म इन्डस्ट्री कन्फरेन्स २०२२ र द ३७औँ सोल टुरिज्म फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिने ।

    १४। तारागाउँ विकास समितिको अध्यक्षमा सुरेशराज जोशी र सदस्यसचिवमा महेन्द्र कुमार थापालाई नियुक्त गर्ने ।

    १५। २०७९ असार ८ देखि १० गतेसम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी जनाउन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिने ।

    १६। निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कार्यलाई २०७९ असार मसान्तसम्म निरन्तरता दिने ।

    १७। सरकारी जग्गा दर्ता तथा लिज उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७८ लाई स्वीकृत गर्ने ।

    १८। सरकारी सम्पत्ति तथा निजी जिन्सी, मालसामान लिलाम बिक्री तथा मिनाहासम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने ।

    १९। उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...