News Portal

  • एमाले प्रमुख शक्ति हो ः ओली

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ असार २०७९
    ४२६ पटक
    भक्तपुर, ३ असार २०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र वैचारिक नेता भएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको बताए ।

    राष्ट्र निर्माणको नीति एमाले बाहेकका दलसँग नभएको दाबी गर्दै अरु दलहरुसँग एमालेको नीतिमा टिका टिप्पणी गर्ने बाहेक केही नभएको बताएका छन् । संगठनात्मक रुपमा ५÷७ भाइ नभएसम्म एमालेतिर हेर्न पनि नसकिने अवस्था रहेको उनले बताए । जनप्रभावमा पनि एमाले अरुभदा कम्तिमा एक प्रतिशत ठूलो रहेको ओलीको भनाइ छ ।

    एकीकृत समाजवादीतर्फ संकेत गर्दै उनले एमालेबाट फुटेर बनेको एउटा पार्टीले चाहिँ हार गुहार गरेर १४ ठाउँ जित्दा एमालेलाई हरायौं भनेर खुसी मनाएको बताए । एमाले बहमुत सिट ल्याउन सफल नभए पनि असफल चाहिँ नभएको ओलीले जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...