News Portal

  • वन्यजन्तुको अखेटोपहारसहित तीन जना पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३ असार २०७९
    ४७९ पटक
    भक्तपुर, ३ असार २०७९

    संरक्षित वन्यजन्तुको अखेटोपहारसहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । वन्यजन्तुको अखेटोपहार ओसारपसार गरी अवैध कारोबार गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको टोलीले गोंगबु नजिकै गणेशस्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा ४८ वर्षीय खार्पा तामाङ, ३९ वर्षीय सुकबहादलुर घले र ४१ वर्षीय सूर्यबहादुर घले रहेका प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनामध्ये खार्पा धादिङ खनियाबास गाउँपालिका २ का स्थायी बासिन्दा हुन् भने सुकबहादुर र सूर्यबहादुर धादिङ गंगाजमुना गाउँपालिका ६ का स्थायी बासिन्दा हुन् ।

    प्रहरीका अनुसार खार्पाले बोकेको झोला खानतलासी गर्ने क्रममा संरक्षित वन्यजन्तु हिउँ चितुवाको छाला जस्तो देखिने अखेटोपहार बरामद गरिएको हो । आरोपित तीनै जनालाई प्रहरीले बरामद सामानसहित आवश्यक करबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको जनाइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...